• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कला साहित्य

    काकाकुल चराको रोचक कथा : किन आकाशको पानि मात्रै खान्छ ?

    13.7K
    SHARES



    काठमाडौँ। काकाकुल एककिसमको चरा हो । नेपाली साहित्यमा काकाकुलको चर्चा गर्ने गरिन्छ । यदि यो चरालाई धेरै तिर्खा लागेको छ र यसलाई सफा पानीको तालमा छाडियो भने पनि यसले त्यहाँको पानी पिउँदैन । बरू चुचुरो बन्द गर्दछ ताकि तालको पानी मुखमा पस्न नपाओस् । यो चरा मुख्यतया एसिया र अफ्रिका महादेशमा पाइन्छ । यसलाई संस्कृत भाषामा चातक भनिन्छ ।

    ‘एक एव खगो मणि चिरञ्जीवतु चटकम्। मृयेते वा पिपसार्थे याछते वा पुरंदरम् ।’

    अर्थात्, ‘चातक यस्तो स्वाभिमानी पंक्षी हो कि तिर्खा लागे पनि वा मर्न लागे पनि उसले सधैं इन्द्रलाई प्रार्थना गर्छ । उसले जहिलै पनि वर्षाको पानी मात्र पिउँछ, अरू कुनै स्रोतबाट होइन।’ पौराणिक कथा अनुसार चातक (काकाकुल) चराले स्वाति नक्षत्रमा परेको पानी पृथ्वीमा नपरीकन ग्रहण गर्ने भएकाले त्यसको पर्खाइमा आकाशतिर हेरिरहन्छ । ऊ तिर्खाइ रहन्छ। तर पोखरीले पोखरीको पानी स्वीकार गर्दैन । चातक चरालाई भारतको उत्तराखण्डको गढवाल क्षेत्रमा चोली भनिन्छ। जसको बोरमा विश्वास छ कि आकाशतिर नियालेर काकाकुलले ‘सरग दिदा पाणी दे पाणी दे’ भन्दै चिच्याउँछ । अर्थात् ‘आकाश दाई पानी देऊ, पानी देऊ’ भन्दै चिच्याउने गर्छ ।

    पश्चिम नेपालमा यसको अर्को रोचक कथा रहेको छ । त्यहाँको गाउँमा एउटी वृद्धा आफ्नो जवान छोरी र बुहारीसँग खुसीसाथ दिन बिताइरहेकी थिइन् । उनले बुहारी र छोरीमा कुनै विभेद गर्दिनथिन् । दुवैलाई एउटै खाना खुवाउने र एउटै काम गराउन लगाउँथिन् । न कुनै झगडा, न कुनै ईर्ष्या । दुईमा फरक यति मात्र थियो कि बुहारीले आफ्नो काम पूरा इमान्दारी र लगनशीलताका साथ गर्थिन् भने छोरी जतिसक्दो काम ठग्न खोज्थिन् ।

    यसका लागि उनकी आमाले उनलाई पटक–पटक हप्काउने गर्थिन् । तर छोरीमा त्यसको कुनै असर पर्दैनथ्यो । एक समय गर्मीको मौसममा खेत जोत्न लैजाँदा गोरूहरू निकै थकित र तिर्खाएका थिए । बुढीले गोरु तिर्खाएको बुझिन् तर घरमा गोरुलाई खुवाउन पर्याप्त पानी थिएन । गोरुको तिर्खा मेटाउने एउटै उपाय गाउँबाट करिब डेढ किलोमिटर टाढा रहेको गढेरे पहाडी खोलामा लैजानु पर्ने थियो ।

    तर पानी खुवाउनै पर्ने थियो । बुढीले पानी लिन बुहारीलाई पठाउने कि छोरीलाई भन्ने सोचिन् । दुवैलाई पठाउनु उनलाई उचित लाग्यो र उनले दुवैलाई एउटा अफिर दिइन् । दुईवटा गोरूमध्ये एकएक ओटा गोरूलाई परको खोलामा लगेर पानी पिलाएर ल्याउन आमाले अफर गरिन् । जसले छिटो पानी पिलाएर ल्याउँछ उसलाई घरमा खिर खुवाउने आमाको अफरलाई दुवैले स्वीकार गरे । आमा घर गइन् । सोझी बुहारी इमान्दारीपूर्वक गोरूलाई खोलामा पानी पिलाउन हिँडिन् भने छोरी भने अनेक बहाना सोच्न थालिन् । उनको मनमा कतिबेला घर पुगेर खिर खान पाइएला भन्ने मात्रै ध्यान थियो । अनि उनले जुक्ति निकालिन् । भाउजुलाई छुट्टाछुट्टै खोलामा गोरू लिएर जाने जो पहिले पुग्छ उसलाई पुरस्कार दिने उल्लेख गरियो ।

    भाउजुले हुन्छ भनिन् । अलगअलग बाटो गएपछि छोरीको मनमा पाप पलायो । यो पशु त हो यसले बोल्न सक्दैन भनेर उनी खोलामा नगई घरतिरै लागिन् । घरमा पुगेर आफू पहिले आइपुगेको भन्दै आमासँग खिर मागिन् ।

    उता तिर्खाले गोरू भने जीर्ण भइसकेको थियो । आफूलाई पानी नपिलाई ल्याएकी छोरीले खिर खाएको देखेको गोरू तिर्खाले मृत्युको मुखमा पुगेको थियो । उसले मर्नेबेलामा आफूलाई जस्तै पानीको तिर्खाले तड्पिनु परोस् भनेर श्राप दिएर गोरू मर्यो ।

    भनिन्छ, गोरुको श्रापका कारण युवती तत्कालै काकाकुल भइन् । उनले पोखरीमा पानीको सट्टा रगत देख्न थालिन् । उनले केवल आकाशबाट आएको पानी मात्रै पानी देख्न थालिन् । जसले गर्दा उनी जहिलै पनि आकाशतिर बसेर पानी मागिरहने गरेकी हुन् भन्ने किंवदन्ती रहेको छ । यस्तो किंवदन्ती रहेको भएपनि कतैकतै यो रूखको टोड्काको पानी मात्रै खाने र सुख्खा याममा टोड्काको पानी सुक्ने भएकोले पानी देउ पानी देउ भनेर रुने गरेको भन्ने कथा पनि प्रचलनमा रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ