काठमाडौँ। मानिस जन्मिँदा केवल कालो, सेतो र खैरो रङमात्र देख्न सक्छ । केही समयपछि त्यो दृष्यशक्ति रातोमा परिवर्तन हुन्छ । किनकी रातो रङको तरंग लम्बाई सबैभन्दा धेरै हुन्छ र शिशुको आँखाले त्यसबेला हेर्न सिकिरहेको हुन्छ ।
त्यसपछि विस्तारै बच्चाले हरियो र निलो रङ पनि देख्न थाल्छ । यी तिनवटा रङ नै प्राथमिक रङ हुन् । ती प्राथमिक रङहरुको मिश्रणबाटै द्धितीय रङ बन्दछन् ।
बच्चा बढ्दै जाँदा विस्तारै अन्य रङ तथा छायाँ पनि देख्न थाल्छ । विज्ञानको भाषामा भन्नुपर्दा जब कुनै वस्तुमा ठोक्किएर प्रकाश परावर्तन भई हाम्रो आँखाको रेटिनासम्म पुग्दछ तब हामीले उक्त वस्तु र त्यसको रङ देख्दछौँ ।
यो त भयो रङको अवधारणा । त्यसोभए हामीले बेरंगी चिज वा कालो रङ कसरी देख्छौँ त ? जब कुनै वस्तुको सतहबाट प्रकाश परावर्तन नै हुन सक्दैन, त्यसबेला जुन रङ हामीले देख्छौँ त्यो नै कालो रङ हो । कालो रङबाट कुनैपनि प्रकाश परावर्तन हुन सकदैन । त्यसैले हामीले अँध्यारोमा देख्न सक्दैनौँ ।
कालो रङको खोजी हामीसँग प्रकाशको अनुपस्थितिको परिणामस्वरुप सिर्जित कालो रङ तर थियो तर त्यो पूर्ण रुपमा कालो भने थिएन । वैज्ञानिकहरुले लामो समयसम्म पूर्णरुपमा कालो रङको खोजी गरिरहे । यसको आवश्यकता पनि थियो ।
यदि टेलिस्कोपलाई कालो रङले रंगाइदिने हो भने यसबाट अन्तरीक्षमा निकै टाढासम्मका चिजहरु हेर्न सहज हुन्छ । अन्तरीक्ष अध्ययनका लागि त चरम कालो अर्थात् अल्ट्रा ब्ल्याकको लेपन निकै उपयोगी साबित भएको छ ।
साथै चिसोमा तापक्रमलाई पूर्णरुपमा सोसित गरेर तापमान बढाउनका लागि समेत ठण्डी क्षेत्रमा यसको प्रयोग गर्न सकिन्छ। यिनै आवश्यकताका कारण पूर्णरुपमा कालो रङको खोजी चलिरह्यो ।
केही वर्षअघि एक बेलायती कम्पनी सरे नानो सिस्टमले यस्तो कालो रङको खोजी गर्यो जसलाई भेन्टा ब्ल्याक नाम दिइयो । त्यसले प्रकाशलाई पूर्ण रुपमा सोस्ने र त्यसबाट सम्पूर्ण रुपमा अन्धकार पैदा हुने बताइएको थियो ।
यो यतिधेरै कालो छ कि यदि त्यसलाई कुनै उबडखाबड सतहमा लगाइयो भने उक्त सतह समतल देखिन्छ । यसले बनाइयो कालो कार्बन नानोट्युब्सलाई मिलाएर उक्त कालो पदार्थ तयार गरिएको थियो । यसमा हरेक नानोट्युबको मोटाई २० नानोमिटर थियो ।
जुन कपालको रौँ को मोटाइको ३५ सय गुणा कम हो । यसको लम्बाई १४ देखि ५० माइक्रोनसम्म हुन्छ । अर्थात् १ वर्ग सेन्टिमिटरमा करीब १ अर्बबाट नानोट्युब राख्न सकिन्छ । त्यो निष्पट्ट कालो रङ तयार गर्नका लागि करिब ४ सय डिग्री सेल्सियससम्मको तापक्रम आवश्यक हुन्छ ।
कसरी काम गर्छ ?
माथि नै चर्चा गरियो कि सतहबाट परावर्तित भएर प्रकाश जब हाम्रो आँखामा पर्दछ तब हामीले उक्त सतहको रङ देख्छौँ । तर भेन्टा ब्ल्याकको मामिलामा भने यस्तो हुनै पाउँदैन । त्यसमा ठोक्किएको प्रकाश परावर्तन हुनुको साटो नानोट्युबहरुमा फस्दछ ।
कूल प्रकाशको केवल ०.०४ प्रतिशत हिस्सा मात्र परावर्तन हुन्छ । त्यसैले हामीले केही पनि देख्न सक्दैनौँ । यहासम्मकी त्यो सतह अग्लो होँचो छ भने पनि समतल देखिन्छ ।
कालो रङको विवाद भारतीय मूलका बेलायती कलाकार अनिश कपूरले उक्त भेन्टाब्ल्याकको पूरै अधिकार खरिद गरे । योसँगै अब कलाको दुनियामा अन्य कुनै व्यक्तिले या त सो रङ प्रयोग गर्न सक्दैनन् वा गर्नेहो भने पनि पैसा तिर्नु पर्दछ ।
रङको अधिकार कसैले खरिद गरेको विषयमा अरु कलाकारहरुबाट लामो समयसम्म निकै आलोचना भयो । विभिन्न कलाकारहरुले वैज्ञानिकहरुसँग मिलेर कालो रङका विभिन्न प्रतिछायाँहरु पनि निकाले ।
त्यस्ता छायाँहरु कालो भन्दा पनि कालो रहेको दाबी उनीहरुको रह्यो र यो प्रतिस्पर्धाको सिलसिला चलिरह्यो । सबैभन्दा सेतो रङ पनि बनिसक्यो अमेरिकाको पड्र्यू विश्वविद्यालयका वैज्ञानिकहरुले यतिधेरै सेतो रङ बनाएको दाबी गरेका छन् कि त्यो रङको प्रयोगले कुनै पनि तातो सतहलाई चिसो बनाउन सकिन्छ ।
एसीएस अप्लाइड मेटेरियल्स एण्ड इन्टरफेस नामको जर्नलमा छापिएको रिपोर्ट अनुसार यो सबैभन्दा सेतो रङले कुनैपनि सतहलाई चिस्याइदिन सक्दछ। शोधकर्ताका अनुसार यदि यो रङलाई एक हजार वर्गफिटको छतमा लगाउने हो भने यसबाट चर्को गर्मीमा पनि १० किलोवाटको कूलिङ प्राप्त हुन्छ ।
यो भनेको धेरैजसो एसी भन्दा पनि चिसो हो । गर्मी धेरै हुने ठाउँहरुमा घरका छतमा यो रङलाई पोतेर एसी तथा पंखामा हुने विद्युत खपत घटाउन सकिने दाबी शोधकर्ताहरुको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया