• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सुख्खा पहिरोले बिपी राजमार्ग अवरुद्ध, चारसयबेशीमा डाइभर्सन निर्माण जारी

    1.2K
    SHARES



    काभ्रेपलाञ्चोक । लगातारको वर्षा र सुख्खा पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोक जिल्लाको रोशी–८ चारसयबेशी र रोशी–१२ माम्ती क्षेत्रमा सडक माथिबाट खसेको सुख्खा पहिरोले यातायात पूर्णरूपमा बन्द भएको हो।

    इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार, चारसयबेशी क्षेत्रमा तीन दिनदेखि सुख्खा पहिरो निरन्तर खसिरहेको छ। यस कारण राजमार्गमा सवारीसाधन सञ्चालन रोक्दै डाइभर्सन निर्माणको काम भइरहेको उनले बताए।

    उनका अनुसार विभिन्न स्थानमा खसेका लेदो र पहिरो हटाइसकिएको भए पनि चारसयबेशी क्षेत्रमा अझै पनि पहिरो खसिरहेकाले सावधानी अपनाइएको छ। हाल उक्त स्थानमा अस्थायी डाइभर्सन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी र घुमाउनेलगायत स्थानहरूमा ढुंगा र लेदो सहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

    लगातारको वर्षाले चौकीडाँडा, चारसयबेशीको नाङसाल क्रसर, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेशी, विरुवाडाँडा र डालाबेशी क्षेत्रमा पनि पहिरो र लेदो खसेर राजमार्ग ठप्प भएको प्रहरीले जनाएको छ। माम्तीको तल्लो भेगमा गत असोजमा सडक बगेर बनाइएको अस्थायी डाइभर्सनमा पनि लेदो र बाढी पस्दा सडक अवरुद्ध भएको छ।

    गत वर्षको असोज १० देखि १२ गतेसम्मको वर्षाले पनि बिपी राजमार्गका विभिन्न स्थानमा सडक बगाएको थियो। त्यसपछि बनाइएको डाइभर्सन असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले पुनः क्षति पु–याएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ