• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली

    एचथ्रीएनटु इन्फ्लुएन्जा फैलिँदै

    7.8K
    SHARES

    चिकित्सकले एचथ्रीएनटु इन्फ्लुएन्जासँग सावधान रहन सुझाएका छन् । उनीहरुले यो कोरोनाजस्तै फैलिने बताएका छन् ।

    एम्सका पूर्व निर्देशक डा। रणदीप गुलेरियाले भारतमा फैलिरहेको एचथ्रीएनटुबाट बच्न मास्क लगाउन र समाजिक दुरीको पालना गर्नुका साथै बारम्बार हात धुन सुझाव दिएका हुन् । वृद्धवृद्धाका साथै पहिले नै अन्य रोगबाट ग्रसितहरुलाई यसले समस्या सिर्जना गर्न सक्ने उनीहरुको चेतावनी छ ।

    त्यस्तै, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पनि सोमबार स्वास्थ्य विज्ञहरुसँग एचथ्रीएनटु इन्फ्लुएन्जाको बढ्दो मामिलाबारे छलफल गरेको छ । छलफलमा विज्ञहरुले देशमा कोरोनाका केसहरु कम भए पनि इन्फ्लुएन्जाका केसहरु बढिरहेको बताएका थिए । उनीहरुले प्रतिरोधात्मक शक्ति कमजोर भएकाहरुका लागि इन्फ्लुएन्जा खतरनाक हुनसक्ने चेतावनी दिएका थिए ।

    पछिल्लो दुई महिनामा भारतको राजधानी नयाँ दिल्लीसहित कयौँ क्षेत्रमा इन्फ्लुएन्जको मामिला बढिरहेका छन् । कोरोनापछि फ्लुका केसहरु बढेसँगै मानिसहरु डराएका छन् । किनभने यसको लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको छ ।

    मेदान्ता अस्पतालको आन्तरिक चिकित्सा विभागका शीर्ष निर्देशक सुशीला कटारियाका अनुसार इन्फ्लुएन्जा–ए भाइरसको एचथ्रीएनटु स्ट्रेनबाट संक्रमितहरुलाई २-३ दिनसम्म ज्वरो आउने गर्दछ । त्यस्तै शरीर दुख्ने, टाउको दुख्ने र घाँटी पोल्ने समस्या देखिन्छ भने खोकी दुई हप्तासम्म जारी रहन्छ । यसलाई फ्लुको सामान्य लक्षणमा राखिन्छ ।

    तर, प्राइमस स्लीप एन्ड क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख एस।के। छाबडाले न्युज एजेन्सी आईएएनएससँग कुराकानी गर्दै बिरामीहरुलाई भाइरल ज्वरोको साथै रुघाखोकी र ब्रोन्काइटिसजस्ता फोक्सोसँग जोडिएका समस्याहरु पनि देखिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ