• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नबिल बैंक र महिला उद्यमी महासंघबीच समझदारी

    1.3K
    SHARES

    काठमाडौं । नबिल बैंक र महिला उद्यमी महासंघ (एफवीन) बीच समझदारी भएको छ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारका लागि साझेदारी भएको बैंकले जनाएको छ ।

    साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एफवीनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका थिए ।

    यो समझदारी अन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनका लागि स्टल उपलब्ध गराउने भएको छ । एफवीन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ ।

    समझदारी अनुसार पहिलो चरणमा एफवीनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रीय कार्यालयमा स्टलहरु लगाउने छ । यो स्टलहरुमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादनहरू रहनेछन् ।

    यस प्रकारको नेपाली उत्पादनहरूले नबिलका कर्मचारी र यसका ग्राहकहरूको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ । वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने विश्वास राखिएको छ । यस साझेदारी अन्तर्गत दीगो विकासका १, ५, ८ र १७ नम्बरका लक्ष्यहरू समेटिने छन् ।

    नेपाल सरकारले अवलम्बन गरेको दीगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले १५ असार २०७८ मा धान दिवसको असर पारेर दीगो बैंकिङको सुरुवात गरेको थियो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दप्गो बैंकिङ सेवा बैंकले हाल १०० शाखामा विस्तार गरेको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ