• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    ९९९ मा मोबाइल डिस्प्ले टच फेर्न सकिने

    4.9K
    SHARES



    काठमाडौं। न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तलामा रहेको इजी मोबाइल केयरले नेपालमा नै पहिलो पटक मात्र रु‍ ९९९ मा मोबाइल फोनको डिस्प्लेको टच’ फेर्ने सुविधा ल्याएको हो ।

    यस अन्तरगत चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमवाट आईफोन, शाओमी, सामसङ, वानप्लस, ओप्पो, भिभो, रियलमी, इनफिनिक्स, नार्जो लगायत २६ वटा भन्दा वढी ब्राण्डका ६ सय भन्दा बढी मोडलका बिग्रिएका मोबाईलको एलसीडी टच फेर्न सकिनेछ ।

    इजी मोबाईल केयरका संचालक संजीत पौडेलले नेपालमा नै पहिलो पटक यस्तो सेवा शुरु गरिएको जानकारी दिए ।

    उनले भने, ‘नेपालमा आजको दिनमा हरेक घरमा हरेक व्यक्तिसँग स्मार्टफोन रहेको छ र त्यसमध्ये कतिपयले फोन डिस्प्ले फुटेपनि मर्मत नगरी दुखका साथ चलाइरहेको अवस्था छ ।

    डिस्प्ले टचको मर्मत गर्न अहिलेको अवस्थामा कम्तिमा पनि २,५०० रुपैयाँ भन्दा धेरै खर्च लाग्ने हुँदा मर्मत नगरी चलाउने वा अर्को नयाँ फोन किन्ने गरेका छन् ।’

    तर आफूहरुले लामो समयको अनुभव र अनुसन्धानबाट त्यस्ता समस्यालाई मध्यनगर गरी सुपथ मुल्यमा नै गुणस्तरीय सामान तथा सर्भिस उपलब्ध गराउने उद्देश्यले १ सय दिनको ग्यारेन्टीका साथ रु ९९९ मा नै डिस्प्लेको टच फेर्न सकिने यो सेवा संचालमा ल्याएको बताएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ