• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सेयर बजारमा आज दोहोरो अंकको करेक्सन

3K
SHARES



काठमाडौं। दुई दिन निरन्तर उकालो लागेको सेयर बजारमा आज दोहोरो अंकको करेक्सन आएको छ । यस दिन नेप्से परिसूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा झरेको छ।

नेप्से घटेपनि ७ अर्ब माथिको सेयर कारोबार भयो । अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ४७.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको थियो । सो दिन ५ अर्ब ३१ करोडको सेयर कारोबार भएको थियो।

पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २०.६९अंकले बढेको थियो । त्यसदिन ५ अर्ब ४५ करोडको सेयर किनबेच भएको थियो ।

यसदिन २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँमा खरिदबिक्री भयो ।  यसदिन एउटा मात्रै कम्पनीको मूल्य १० प्रतिशत हाराहारिमा बढ्यो । कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्रै बढ्यो ।

फाइनान्स समूहको सूचक सर्वाधिक ४.३१ प्रतिशतले ओरालो लाग्यो । बैंकिङ र म्युचुअल फण्डको सूचक क्रमश:०.६५ र ०.२२ प्रतिशतले बढ्यो ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ