• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेकपा (बहुमत) बर्दियाद्वारा ‘चुनाव अवज्ञा’ प्रचारप्रसार तिव्र

    2.1K
    SHARES

    बर्दिया । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बर्दियाले जिल्लाको विभिन्न ठाउँहरुमा ‘संसदीय चुनाव अवज्ञा गराैं’ भन्दै प्रचारप्रसारलाई तिव्र पारेको छ ।

    बर्दियाको सदरमुकामदेखि विभिन्न नगरपालिकाको कार्यलय लगायत अन्य गाउँपालिकाहरुकाे विभिन्न ठाउँहरुमा ‘संसदीय चुनाब अवज्ञा गराैं’ भन्ने पाेस्टर टाँस्दै, पर्चा बितरण र भित्तेलेखन गर्दै जनताहरुलाई भोट नहाल्न आह्वान गरेको छ ।

    “मंसिर ४ को चुनावले चोर,फटाहा,दलाल, डाँकाहरु मात्र फेरिरहन्छन् सत्ता फेरिदैन् त्यसैले मंसिर ४ मा हुने संघ र प्रदेशको संसदीय चुनाव सम्पूर्ण जनताहरुले अवज्ञा गरौं ! भोट नहालौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ ! स्वाधीन संयुक्त सरकारका लागि संघर्ष गरौँ !” जस्ता बिषय लिएर नेकपा(बहुमत) बर्दियाले जनताहरुमा भोट नहाल्न आह्वान गर्दै प्रचारप्रसार गरिरहेको छ ।

    अभियानकाे नेतृत्व नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का बर्दिया जिल्ला संयाेजक शक्ति र ईन्चार्ज अनन्तले गरिरहेकाे भएको छ । अहिलेको दलाल संसदीय व्यवस्थामा यो चुनावको कुन अर्थ नरहेको भन्दै नेकपा बहुमतले चुनाव अवज्ञा तथा बहिस्कार अभियानलाई देशभर तिब्र पारेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ