• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    विप्लवले हाम्रा कार्यकर्तामाथि आक्रमण गरेर आफ्नो अशली गुण्डागर्दी र अपराधी चरित्र देखाए- कञ्चन

    2.8K
    SHARES



    काठमाडौँ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले टुकलाल पुनमाथिको आक्रमणको निन्दा गरेका छन्।

    आज काठमाडौँको संवाद डबलीमा उक्त आक्रमणका घाइते भएका टुकलाल पुनसहित गरिएको पत्रकार सम्मेलनमा बोल्दै कञ्चनले विप्लवका सैद्धातिक विचलनहरु सतहमा आएपछि आफुहरुले पार्टी पुनर्गठन गरेको र त्यसपछि विप्लवको पार्टी अस्तित्व रक्षाको चरणमा पुगेकाले अतालिएर आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गर्न थालेको बताएका छन्।

    विप्लवका तमाम कमजोरीहरु आफुलाई थाहाँ हुँदाहुँदै पनि आन्दोलनमा व्यक्तिका कमजोरीहरु सच्याउन सकिन्छ भनेर आफुहरुले आन्तरिक रुपमै संघर्ष गरेर सुधार्ने कोसिस गरेको तर बेला-बेलामा विप्लवमा अपराधिक प्रकारका सोचहरु अभिव्यक्त भइरहने र तिनलाई समेत सच्याएर अगाडी बढाउदै सँगै रहेको तर अन्तिम राजनीतिक बैचारिक रुपमै स्थानिय तहको चुनावमा सहभागी भएर संसदीय प्रणाली अपनाइसकेपछि आफुहरुले अलग पार्टी बनाउनु परेको बताएका छन्।

    पार्टी अलग हुनु राजनीतिक कुरा भए पनि राजनीतिक बिषयमा बैचारिक राजनीतिक छलफल गर्नुको साटो विप्लवले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेर आफ्नो अशली गुण्डागर्दी र अपराधी चरित्र देखाएको बताएका छन्।

    बास्तोलाले विप्लवको यो पुरानै चरित्र भएको समेत प्रष्ट पारे । कोही मान्छे पार्टीमा रहने र नरहने व्यक्तिको स्वतन्त्रताको कुरा हुने भन्दै उनले आफ्नो पार्टी छोडेर जाने नेता कार्यकर्तालाइ भौतिक आक्रमण गर्नु गैरराजनीतिक हर्कत हुने बताए ।

    विप्लवले यसअघि पनि आफ्नो पार्टी छोडेर गएका नेताहरुको टाउको फुटाउन निर्देशन दिएको समेत बास्तोलाले खुलासा गरेका छन् । विप्लवकै निर्देशनमा केही साथीहरुको दात भाचिने गरि आक्रमण गरेको पनि आफुले थाहाँ पाएको बास्तोलाले बताएका छन् ।

    विप्लवले अहिले जुन हर्कत देखाएका छन् त्यो हर्कत एकदमै तुच्छ र निच हर्कत भएको भन्दै वास्तोलाले सच्चिन र छिपछिपे सैद्धान्तिक ज्ञानबाट माथि उठ्न समेत आग्रह गरेका छन्। विप्लवले भावनाका हिसावले क्रान्तिको कुरा गरेपनि मार्क्सवाद र संसोधनवादबिचको भेद छुट्याउन अझै नसकेको वास्तोलाले बताएका छन्।

    अहिले पनि विप्लवले सैद्धातिक रुपमा आफुलाई सच्याउन चाहे भने आफुहरु अझै पनि सँगसंगै जान तयार भएको तर उनले अहिले आफुलाई सच्याउनको साटो प्रतिक्रान्तिकारी बाटोमा लागेर पतित भएको भएको बताएका छन्।

    विप्लवको उत्पादन सम्बन्धका कारण पनि उनमा प्रतिक्रान्तिकारी भावना जागेको बास्तोलाले बताए। ‘विप्लवको उत्पादन सम्बन्ध भनेको मान्छेलाई मारपिट गर्ने, केवल व्यक्तिगत आर्थिक लाभ लिने हिसावले मान्छेहरुका संरचनामा बमबाड गर्ने र लुटपाट गरेर पैसा जम्मा गर्ने मात्रै हो  अरु केहि होइन।’ उनले भने ।

    विप्लवको उक्त उत्पादन सम्बन्धमाथि आफुहरुले राजनीतिक हिसावले प्रश्न उठाउन थालेपछि आफ्ना कार्यकर्तामाथि आक्रमण गरेर तर्साउने तल्लो स्तरको हर्कत गर्न थालेको उनले बताए।

    विप्लवहरुले क्रान्तिको नाममा दशौँ अर्व जम्मा गरेर पार्टीको निम्ति भन्दै १५/२० बिगाहा जमिन किनेर व्यक्तिगत अपचलन गरेको भन्दै संयोजक बास्तोलाले किसान मजदुरबाट समेत विप्लवहरुले पन्चेहरुको जस्तो गरि सम्पति उठाएर जम्मा गरेको समेत खुलासा गरेका छन्।

    यो सबै कुराको भण्डाफोर आफुहरुले गरेपछि विप्लव आक्रान्त बनेर देशभर आक्रमणमा उत्रेको बताउदै उक्त आक्रमणबाट बच्दै सचेत हुदै विप्लववाट क्रान्ति हुन्छ भनेर भ्रममा परेका नेता कार्यकर्तालाई पनि आफ्नो पार्टीमा समाहित हुन् अपिल गरेका छन्।

    कपिलबस्तुका टुकलाल पुनको ज्यान लिने लक्षसहित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको नेकपा बहुमतले जनाएको छ । पुनमाथि कार्तिक २२ गते दिउसो १ बजेतिर महिला संगठनको अध्यक्षको घरमा छलफल गरिरहेको अवस्थामा ६/७ जनाको समुहमा आएका विप्लवका कार्यकर्ताले एक्कासी आक्रमण गरेपछि उनी घाइते बनेका छन् ।

    उनीहरुले एकासी ‘टुकलाल भन्ने तै हैनस्, तैले बिद्रोह गरेर हाम्रो पार्टी कमजोर बनाइस’ भन्दै टाउकोमा आक्रमण गरेपछि आफु ढलेको उनले पत्रकार सम्मेलनमा बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ