• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    विप्लवका कार्यकर्ताद्वारा नेकपा (बहुमत)का जिल्ला नेताको हत्या गर्ने प्रयास

    4.1K
    SHARES



    काठमाडौँ । नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाका कार्यकर्ताले नेकपा (बहुमत) कपिलबस्तुका एक नेताको हत्या गर्ने प्रयास गरेका छन् । ८/१० जनाको संख्यामा आएका विप्लवका कार्यकर्ताले कपिलवस्तु जिल्ला सचिवालय सदस्य टुकलाल पुनको हत्या गर्ने मनसायले सांघातिक आक्रमण गरेको बहुमत लुम्बिनीले बूरोले जनाएको छ ।

    मंगलबार दिउँसाे करिब २ बजेतिर विप्लवका कार्यकर्ताले पुनमाथि आक्रमण गरेर गम्भीर घाइते बनाइ फरार भएका थिए । उक्त आक्रमणबाट पुनको टाउकोमा तीन ठाउँमा गहिरो घाउ लागेको, आँखा र कानको बीचमा रहेको हड्डी भाँचिएको, दायाँ हातमा गम्भीर चोट लाग्नुका साथै खुट्टाको गोलीगाँठाको हड्डी भाँचिएको छ ।

    नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलले विज्ञप्ति जारी गरी उक्त गुण्डागर्दीजन्य आपराधिक आक्रमणको घोर निन्दा, विरोध र भत्र्सना गरेका छन् । शार्दूलले पुनको हाल पार्टीको रेखदेखमा बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    शार्दूलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,- ‘एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कार्यकर्तामाथि राजनीतिक पूर्वाग्रहका कारण भौतिक आक्रमण गर्नु भनेको विचारको पतनको पराकाष्टा हो । क्रान्तिकारी पार्टीका नेता–कार्यकर्तामाथि भौतिक आक्रमण गर्नु भनेको विचारको शून्यताबाहेक अरू केही पनि होइन । यस्ता अराजनीतिक, गलत क्रियाकलाप बन्द गरी राजनीतिक हिसाबले प्रस्तुत हुन र घाइते कमरेडको उपचारको जिम्मेवारी लिन सम्बन्धित पक्षलाई सूचित गर्दछौँ । यस्तो अराजनीतिक व्यवहार सच्याउन हाम्रो पार्टी जिम्मेवारीपूर्वक अनुरोध गर्दछ ।’

    विप्लव नेकपाको हालै सम्पन्न महादिबेशनपछि बसेको पार्टी केन्द्रीय समिति बैठकमै नेकपा (बहुमत)का नेता कार्यकर्तामाथि अज्ञात समूह बनाएर आक्रमण गर्ने अनौपचारिक निर्णय गरिएको थियो । विप्लवका एक जना पोलिटबूरो सदस्यले सञ्चारकेन्द्रसँग टेलिफोन कुरा गर्दै भनेका छन् -“विप्लवकै प्रस्तावमा बहुमतका नेता-कार्यकर्तामाथि आक्रमण गर्ने निति केन्द्रीय समिति बैठकमै पारित गरिएको छ ।”

    विप्लवले यस प्रकारको आक्रमणको शैली यस अघि पनि अपनाई सकेका छन् । यस अघि विप्लवमाथि प्रतिबन्ध लागेका बेला विप्लव-प्रकाण्डको निर्देशन र तत्कालिन उपत्याका इन्चार्ज चिरन पुनको योजनामा ललितपुरका एक जना आफ्नै कार्यकर्ताको खुट्टा भाचिएको थियो । उक्त कुरा प्रहरी प्रशासनले समेत जानकारी पाउन नसक्दा अहिलेसम्म पनि अपराधिमाथि कारबाही हुन् सकेको छैन ।

    यस्तै त्यसअघि जाजरकोटका माओवादी नेता जीवनमाथि विप्लवकै आदेशमा काठमाडौँमा रड र खुकुरीद्वारा आक्रमण गरिएको थियो । उक्त आक्रमणबाट जीवनको खुट्टा भाचिएको थियो । प्रतिबन्धका बेला पनि विप्लव यस प्रकारका अपराधिक घटना घटाएका र ति घटनाहरु अहिलेसम्म पनि गुपचुप रहेका विप्लावाकै नेताहरुले बताउने गरेका छन् ।

    विज्ञप्तिको पूर्ण पाठ:

    २०७९ कात्तिक २२ गते दिउँसो २ः०० बजे कपिलवस्तु जिल्ला वाणगङ्गास्थित अखिल नेपाल महिला सङ्गठन कपिलवस्तुका जिल्ला अध्यक्ष माया थापाको घरमा राजनीतिक छलफल गरी बसिरहेको अवस्थामा हाम्रो पार्टी कपिलवस्तुका जिल्ला सचिवालय सदस्य क. टुकलाल पुनमाथि ७/८ जनाको सङ्ख्यामा आएको जत्थाले साङ्घातिक हमला गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

    उक्त गुण्डागर्दीजन्य आपराधिक आक्रमणको हाम्रो पार्टी घोर निन्दा, विरोध र भत्र्सना गर्दछ । उक्त घटनामा बोरामा फलामका रड र लाठी लुकाएर आएका कालो मास्क र टाउकोमा ज्याकेटको टोपी लगाएका नकाबधारी भेषमा आएका व्यक्तिहरूले ‘टुकलाल पुन भन्ने तँ होस्, हाम्रो पार्टी फुटाएर जाने ?’ भन्दै रड र लाठीले भौतिक आक्रमण गरेका थिए । उनीहरूको आक्रमणबाट टुकलाल पुनको टाउकोमा तीन ठाउँमा गहिरो घाउ लागेको छ ।

    आँखा र कानको बीचमा रहेको हड्डी भाँचिएको छ । दायाँ हातमा गम्भीर चोट लाग्नुका साथै खुट्टाको गोलीगाँठाको हाड भाँचिएको छ । हाल पार्टीको रेखदेखमा बुटवलस्थित प्रादेशिक अस्पतालमा उहाँको उपचार भइरहेको छ । भौतिक आक्रमणबाट पीडित क. टुकलाल पुन र स्थानीय प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिहरू विप्लव नेतृत्वमा रहेको पार्टीका कार्यकर्ता भएको कुरा पुष्टि भएको छ ।

    एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कार्यकर्तामाथि राजनीतिक पूर्वाग्रहका कारण भौतिक आक्रमण गर्नु भनेको विचारको पतनको पराकाष्टा हो । क्रान्तिकारी पार्टीका नेता–कार्यकर्तामाथि भौतिक आक्रमण गर्नु भनेको विचारको शून्यताबाहेक अरू केही पनि होइन । यस्ता अराजनीतिक, गलत क्रियाकलाप बन्द गरी राजनीतिक हिसाबले प्रस्तुत हुन र घाइते कमरेडको उपचारको जिम्मेवारी लिन सम्बन्धित पक्षलाई सूचित गर्दछौँ । यस्तो अराजनीतिक व्यवहार सच्याउन हाम्रो पार्टी जिम्मेवारीपूर्वक अनुरोध गर्दछ ।

    जुनसुकै तहबाट भए पनि राजनीतिक न्यूनतम् मूल्य–मान्यताविपरीत गरिने यसखाले दुष्कर्मले वर्गदुस्मनलाई सहयोग हुने तथा कम्युनिस्ट र देशभक्तलाई क्षति हुने तथा स्वयम्लाई घातक हुने कुराप्रति बेलैमा सजग गराउँछौँ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ