• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बैक-विमा विजनेश

    डिजिटल इकोनोमी प्रबर्धनमा प्रभावकारी भुमिका खेल्दै माछापुच्छ्रे बैंक

    2.9K
    SHARES

    काठमाडौँ । देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

    डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थ स्थल विन्ध्यवासिनी र गलेश्वर धाममा छुट्टा छुट्टै दिनमा क्युआर कोड हस्तान्तरण गरेको थियो ।

    पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरमा आइतबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.राम शरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्य प्रसाद सुवेदी, तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइराला ज्युले संयुक्त रुपमा उक्त क्युआर सेवाको शुभारम्भ गरेका थिए ।

    उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका संस्थापक सञ्चालक स्व. सूर्य बहादुर के.सीको श्रीमती प्रेमकुमारी के.सी तथा बैंकका सञ्चालक श्री बन्दना कार्कीको पनि उपस्थिती रहेको थियो ।

    साथै म्याग्दीको बेनीस्थित गलेश्वर शिवालय क्षेत्रमा भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.राम शरण खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी,बेनी नगरपालिकाका मेयर सुरत केसी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त क्युआर सेवाको शुभारम्भ गरेका थिए ।

    यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोड बाटै भेटी चढाउन सक्नेछन्। दशनार्थीहरुले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गईरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ