• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    विप्लवलाई मध्यपूर्वमा धक्का, ६ नेताद्वारा सामुहिक राजिनामा

    4.4K
    SHARES

    काठमाडौँ । पार्टी बिभाजनपछि नेपाल कम्युनिष्ट पार्टीलाई निरन्तररुपमा धक्का लाग्ने क्रम जारी छ । स्थानीय चुनावमा सहभागी भएर लज्जास्पद हार व्यहोरेपछि नेता कार्यकर्ताहरुले विप्लवको साथ छोड्ने क्रम अझै जारी छ ।

    यहि सिलसिलामा नेकपाको मध्यपूर्वका ६ जना नेताहरुले सामुहिक राजिनामा दिएका छन्। पार्टी माहासचिव विप्लवलाई महलको मोह जागेको, आन्तरिक प्रशिक्षणका  क्रममा उठेका प्रश्नहरुको स्पष्ट हुने गरी जवाफ दिनुपर्ने ठाँउमा उल्टै दम्भको स्वर सुनाएर थर्काउन खोजेको, पार्टीले संसदीय व्यबस्था मान्ने कि क्रान्ती गर्ने भन्ने कुराको समेत स्पष्ट अबधारणा बनाउन नसकेको उनीहरुले जारी गरेको सामुहिक राजिनामा पत्रमा उल्लेख छ ।

    राजिनामा दिनेहरु नेकपा मध्यपूर्व प्रथम सम्मेलन आयोजक समिती सदस्य समेत रहेका जिल्ला संगठन समिति सदस्य तथा नेपाली जनप्रगतिशिल मोर्चा कतारका सल्लाहकार प्रमुख  रेशम पौडेल ‘आधि’, मध्यपूर्व जिल्ला संगठन समिति सदस्य, नेपाली जनप्रगतिशिल मोर्चा मध्यपुर्व प्रथम सम्मेलन आयोजक समिती सदस्य तथा नेपाली जनप्रगतिशिल मोर्चा कतारका सल्लाहकार जय किशोर पोद्दार ‘रोहन’ रहेका छन् ।

    त्यस्तै नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्व प्रथम सम्मेलन आयोजक समिती सदस्य रहेका मध्यपूर्व संगठन समिति सदस्य तथा  नेपाली जनप्रगतिशिल मोर्चा बहराइनका सल्लाहकार मीन राज नाथ ‘संघर्ष’, मध्यपूर्व जिल्ला संगठन समिति सदस्य, नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्व प्रथम सम्मेलन आयोजक समिती सदस्य तथा नेपाली जनप्रगतिशिल मोर्चा साउदीका सल्लाहकार युवराज कार्की ‘शेखर’ रहेका छन् ।

    त्यस्तै नेकपा मध्यपूर्व जिल्ला समिति सदस्य तथा नेपाली जनप्रगतिशिल मोर्चा बहराईनका प्रमुख सल्लाहकार समेत रहेका प्रथम सम्मेलन आयोजक समिती सदस्य भिम केरुङ ‘भिजन’, मध्यपुर्व सदस्य तथा मध्यपूर्व प्रथम सम्मेलन आयोजक समिती  सदस्य समेत रहेका नेपाली जनप्रगतिशिल मोर्चा बहराइनका अध्यक्ष कृष्ण लिम्बुले पनि सामुहिक राजिनामा दिएका हुन् ।

    उनीहरुले नेपाल कम्युनिस्ट पार्टीको १२औं पुर्ण बैठकले नेकपाको बिचारभन्दा बाहिर गएर गरिएको चुनावी कार्यनीतिले सिंगो पार्टी नै तहसनहस हुँदासम्म नेतृत्वले पार्टी सम्हाल्न कुनै सक्रियता नदेखाएको, पटकपटक कार्यनीति गलत छ भनिरहँदा पनि १३औं पूर्ण बैठकले यसको समीक्षा गर्नेछ भन्दै मध्यपूर्वलाई टार्न कोसिस गरेको साथै १३औं पूर्ण बैठकले समेत स्पस्ट रुपमा समिक्षा गर्न नसकेकोले नेतृत्वमा समस्या भएको स्पष्ट बुझिएकाे बताएका छन् ।

    त्यस्तै मध्यपूर्वले पार्टीका लागि उत्पादन गर्दै आएका कार्यकर्ताहरुलाई स्वदेश फर्केपछि पार्टी सम्पर्कमा लिन नसक्नु पनि सांगठनिक असक्षमता भनेको भन्दै उनीहरुले यस्तो फितलो सांगठनिक संरचना भएको पार्टीले एकीकृत जनक्रान्ती सफल गर्न नसक्ने कुरा प्रष्ट भएको बताएका छन् ।

    विप्लव लगायतका केहि नेताहरुले चुनामामा भाग लिने भएपछि पार्टीका बहुमत केन्द्रीय सदस्यहरुले नेकपा (बहुमत) पुनर्गठन गरेका थिए । अहिले नेकपा छोडेर अधिकांश नेता कार्यकर्ताहरु नेकपा (बहुमत)तर्फ लागिरहेका छन् ।

    हेर्नुहोस् बिज्ञप्ति

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया