• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    विप्लव समूहका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेकोप्रति एमालेको आपत्ति

    2.5K
    SHARES



    sf7df8f}F, #) h]7M k|ltlglw;ef a}7sdf Pdfn]sf ;r]ts e§/fO{ k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7sdf g]skf -Pdfn]_sf ;r]ts ljzfn e§/fO{ cToGt h¿/L ;fj{hlgs k|:tfjdfly 5nkmn ug{ a}7ssf] sfo{qmd :ylut ul/of]; egL k|:tfj k|:t't ub}{ . tl:a/ M /Tg >]i7÷/f;;

    काठमाण्डौ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई कारबाहीका लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ ।

    आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद विशाल भट्टराईले सरकारले शान्ति प्रक्रियामा आएर प्रतिस्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्ति प्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको बताए ।

    उनले भने, ‘भर्खरै सरकारले नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूह भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीका लागि पत्र पठाएको हामीले सुन्यौँ । सरकारले पक्राउ गर्न आदेश दिएको हो भने प्रतिपक्ष दलका हैसियतले म यो कामबाट तत्काल पछि हट्न र पक्राउ पुर्जी फिर्ता लिन सरकारलाई ध्यानाकर्षण गराउँछु ।’

    सांसद भट्टराईले हिंसाको बाटो रोजेको विप्लव र सिके राउतको पार्टीलाई शान्तिपथमा ल्याउन तत्कालीन केपी ओली शर्मा नेतृत्वको सरकारले धेरै मेहनत गरेको भन्दै यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने बताए ।

    सांसद भट्टराईले विपद् व्यवस्थापन प्राधिकरण निष्क्रिय भएको भन्दै नेपाल सरकार र पालकिा सरकारको तर्फबाट केही दिन अघिमात्रै खोटाङमा गएको भूकम्पको क्षति विवरण सङ्कलन गरी जनतालाई राहत दिन पनि आग्रह गरे । उनले भूकम्पको तत्काल क्षतिको विवरण सङ्कलन गर्ने काममा पनि सरकारले ढिलासुस्ती गरेको आरोप पनि लगाए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ