• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    मुल्यबृद्धी बिरुद्ध नेकपा (बहुमत)द्धारा संघर्षका कार्यक्रम घाेषणा, विज्ञप्तिसहित

    3.4K
    SHARES



    काठमाडौँ । देउवा सरकारले निरन्तररुपमा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेपछि नेकपा (बहुमत) ले पुनः साताव्यापी सङ्घर्ष घोषणा गरेको छ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमका घोषणा गरेका छन् ।

    जसअनुसार जेठ २७ गते सरकारलाई ज्ञापनपत्र बुझाउने, २९ गते देशैभरिका आयल निगम कार्यालयहरूमा धर्ना दिने, ३० गते काठमाडौँमा प्रधानमन्त्री निवास बालुवाटार र सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना दिने, ३१ गते सिंहदरबार र पालिका कार्यालयहरूमा धर्ना दिने, असार १ गते देशव्यापी मशाल जुलुस निकाल्ने र २ गते १० देखि ११ बजेसम्म देशव्यापी चक्काजाम गर्ने कार्यक्रम छ ।

    ‘नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमले २०७९ जेठ २६ गते राती १२ बजे पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । गठबन्धन सरकारको गठन भएको पछिल्लो ७ महिनामा पेट्रोलियम पदार्थको मूल्य ११ पटक बढाइएको छ ।’प्रवक्ता सुदर्शनद्वारा जारी विज्ञप्तिमा भनिएको छ,-संसदीय व्यवस्थाअन्तर्गतको स्थानीय चुनावपछिका २७ दिनमा ३ पटक गरी पेट्रोलमा मात्र रु. १८ बढाएको छ । त्यसैगरी डिजेल, मट्टीतेल, खाना पकाउने ग्याँसको मूल्य पनि त्यही अनुपातमा बढाएको छ ।’

    नेपाल आयल निगमले यसरी मूल्य बढाउनुको कारण अन्तर्राष्ट्रिय स्तरमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले वृद्धि गर्नु परेको कुतर्क प्रस्तुत गरेको छ जब कि अन्तर्राष्ट्रिय तेल बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दाबढ्दै पनि आयल निगमकै तथ्याङ्कअनुसार पेट्रोलमा प्रतिलिटर रु ६१.२३, डिजेलमा रु. ४३.९१ त केवल कर/शुल्क, ढुवानी खर्च, निगमको प्रशासनिक खर्च, बिमा खर्च, निगमको प्राविधिक नोक्सानी, बिक्रेता कमिसनजस्ता विभिन्न शीर्षक खडा गरेर वास्तविक मूल्यमा बोझ थोपरिएको छ ।

    ‘नेपाल आयल निगमले यसरी मूल्य बढाउनुको कारण अन्तर्राष्ट्रिय स्तरमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले वृद्धि गर्नु परेको कुतर्क प्रस्तुत गरेको छ जब कि अन्तर्राष्ट्रिय तेल बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दाबढ्दै पनि आयल निगमकै तथ्याङ्कअनुसार पेट्रोलमा प्रतिलिटर रु ६१.२३, डिजेलमा रु. ४३.९१ त केवल कर/शुल्क, ढुवानी खर्च, निगमको प्रशासनिक खर्च, बिमा खर्च, निगमको प्राविधिक नोक्सानी, बिक्रेता कमिसनजस्ता विभिन्न शीर्षक खडा गरेर वास्तविक मूल्यमा बोझ थोपरिएको छ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ,- ‘यसरी विभिन्न शीर्षक बनाएर चर्को मूल्यमा उपभोक्तालाई पेट्रोलियम पदार्थ किन्न बाध्य पार्नु भनेको जनतामाथि दलाल संसदीय व्यवस्थाले लुटखसोट गर्नु हो ।’

    जनताले दैनिक जीवन गुजार्नका लागि मात्र पनि आफूसँग भएको चलअचल सम्पत्ति बेच्नुपर्दा गरिबीको सङ्ख्या बढ्दै गएको भन्दै बहुमतले पेट्रोलियम पदार्थलगायत सबै उपभोग्य वस्तुको मूल्य तुरुन्त घटाउन सरकारसंग जोडदार माग गरेको छ ।

    ‘यसअघि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिँदा हाम्रो पार्टीले भनेको थियो– पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा यातायात, ढुवानी, औद्योगिक तथा कृषि उत्पादन, स्वास्थ्य र शिक्षामा खर्च पनि स्वतः बढ्ने भएकाले यो वृद्धिले आमजनजीवन नै नकारात्मक रूपले प्रभावित हुन पुगेको छ । जनताले दैनिक जीवन गुजार्नका लागि मात्र पनि आफूसँग भएको चलअचल सम्पत्ति बेच्नुपर्दा गरिबीको सङ्ख्या बढ्दै गएको छ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ,- ‘तसर्थ हाम्रो पार्टी सरकारलाई पेट्रोलियम पदार्थलगायत सबै उपभोग्य वस्तुको मूल्य तुरुन्त घटाउन जोडदार माग गर्दछ । सरकारले बेलगाम पेट्रोलियम पदार्थको मूल्य बढाएकाले हाम्रो पार्टीले तपसिलका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उक्त कार्यक्रममा आमजनताको सहयोग, समर्थन र सक्रिय सहभागिता रहने अपेक्षा पनि राखेका छौँ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ