दाङ । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीले बिना कारण गिरफ्तार गरेको छ ।
सोधपुछका लागि भन्दै उनलाई दाङ प्रहरीले गिरफ्तार गरेको हो । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको छ ।
पूर्व-पश्चिम राजमार्ग हुँदै बिहीबार नेपालगञ्ज जाँदै गरेका नेता कञ्चनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।
उनी नेपालगञ्जमा पार्टीको सभामा सहभागी हुन आफ्नो घर सुर्खेत जान लागेका थिए ।
प्रतिक्रिया