• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    विप्लव-प्रकाण्डको विचलन विरुद्ध गर्जिए सहिद परिवारहरू, दिए यस्तो कडा चेतावनी (विज्ञप्तिसहित)

    5.1K
    SHARES



    काठमाडौँ । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला त्यसको सही तरिकाले समाधान गर्नुको साटो पार्टी निर्णय बिपरित आफु अनुकुल नेता कार्यकर्तालाई चुनावमा उठाएको र त्यसको विरोध गर्दा पार्टीकै नेता बिरुद्ध वक्तब्यबाजी गरेर कारबाहीको डण्डा चलाएको भन्दै सहिदका परिवारहरूले विप्लव–प्रकाण्डका बिरुद्ध एक प्रेस बिज्ञप्ति जारी गरेका छन् ।

    शहिद परिवारहरुले प्रकाण्ड-विप्लवले पलायन र आत्मसमर्पणको बाटो रोजेको भन्दै त्यसका विरुद्ध आक्रोशित ब्यक्त गरेका छन् । काठमाडौँ बम बिस्फोटमा परी ज्यान गुमाउने सहिद कृष्णप्रसाद भण्डारी ‘निरन्तर’ की जीवनसँगिनी पुनमाया डङ्गोल भण्डारी, सहिद प्रज्वल शाहीका बहिनीहरू मनीषा र कलशा शाही, सहिद गोकुल रानामगर ‘महान’ की जीवनसँगिनी मालती रानामगर, सहिद विभुराम विक ‘दीपेन्द्र’ की जीवनसँगिनी बिना सुवर्णकार, सहिद रामकमार श्रेष्ठकी आमा मीनामाया श्रेष्ठ र सहिद गोकुल रानामगर ‘महान’ को दाई सुरेन्द्र रानाले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू विप्लव–प्रकाण्ड गुटको पलायनवादी, अवसरवादी, संशोधनवादी र चुनावपरस्त लाइनमा नभएर क्रान्तिकारी लाइनमा रहेको प्रस्ट पारेका हुन् ।

    उनीहरूले विप्लव–प्रकाण्ड नसच्चिए क्रान्तिको झन्डा बोक्न क्रान्तिकारी नेता–कार्यकर्तालाई आह्वान पनि गरेका छन् । यस्तै उनीहरुले सहिदका सपना पूरा गर्न क्रान्तिमार्गमा अविच्छिन्न लामबद्ध हुने प्रण गरेका छन् । उनीहरुले जारी गरेको वक्तव्यमा जसरी जनयुद्धको १० बर्से ऐतिहासिक आन्दोलन सफलता उन्मुख हुँदै गर्दा लाखौँ जनता, हजारौँ सहिद, बेपत्ता र योद्धाहरूको सपनाको चिरहरण गर्दै प्रचण्डले सिङ्गो माओवादी आन्दोलनलाई संसदीय फोहोरी खेलमा लगेर विघटन गरे त्यसै गरी नयाँ व्यवस्थाको परिकल्पना गरेको नेकपा र नयाँ सपना बोकेर एकीकृत जनक्रान्तिको यात्रामा होमिएका हजारौँ जनता, नेता–कार्यकर्ताहरूको सपनामाथि बुधबार नेकपाका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिले कुठाराघात मात्रै होइन, गम्भीर प्रकारको धोका भएको जनाइएको छ ।

    उनीहरुले बक्तव्यमा फेरि पनि विप्लव–प्रकाण्डलाई सच्चिन, पार्टी केन्द्रीय समितिले गरेको निर्णयबाट नभाग्न र पार्टी विघटनको वक्तव्य फिर्ता लिन अपिलगरेका छन् । उनीहरुले पार्टीमा देखिएका समस्याहरूलाई छलफल र बहसबाट भागेर पार्टीको महासचिवले पार्टी विघटनको घोषणा गर्नु आपत्तिजनक मात्रै नभई आफ्नो लक्ष्य, विचार र आन्दोलनबाट भागेको पुष्टि भएको र वैज्ञानिक समाजवाद स्थापना गर्न विप्लव–प्रकाण्ड गुटमा देखिएको गम्भीर प्रकृतिको वैचारिक विचलन धोका मात्रै नभई सहिद परिवारको दृष्टिमा अक्षम्य अपराध हो भन्ने पुष्टि हुन पुगेको बताएका छन् ।

    वक्तव्यको अन्त्यमा भनिएको छ, ‘तर ३ बुँदे सहमतिपछि नेकपामा देखिएको परिवर्तनले शङ्काहरू थुप्रै जन्मिए । अन्ततः विप्लवको यही संसदीय फोहोरी खेलमा गएर नेकपा विघटन गर्ने चुनावी प्रस्तावले सबै कुरा सडकमा ल्याइदियो । अतः अब विप्लव र प्रकाण्ड नसच्चिने हो भने धोका, बेइमानी, गद्दारी र राजनीतिक अपराधलाई हामी सहिद परिवारले काँध थाप्न नसक्ने कुरा स्पष्ट पार्न चाहन्छौँ र १२ जनाको हत्या केका लागि थियोे ? विप्लव–प्रकाण्डलाई जबाफ दिन अपिल गर्दछौँ । विचारबाट स्खलित भएका नेताहरूको आरोप–प्रत्यारोपले हामीलाई निकै दुःखी बनाएको छ । अब हामीले आशा गरेका विप्लव–प्रकाण्ड रहेनन् । हामी सहिद परिवारहरू क्रान्तिको झन्डा उठाउन नेकपाका क्रान्तिकारी नेता–कार्यकर्ताहरूलाई अपिल गर्दछौँ । हाम्रा प्रियजनको सपना सडकमा नसुकाउन हामी हातेमालो अवश्य गर्नेछौँ । साथै हामी सहिद परिवार, सहिदका सपना, जनता र नेकपाका समर्थक–शुभचिन्तकमाथि जुन अपराध भएको छ, यसको सम्पूर्ण हिसाब–किताब गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।’

    स्मरणीय छ, नेकपाको बाह्रौँ केन्द्रीय समितिको बैठकको निर्णय लत्याउँदै विप्लव–प्रकाण्डले विभिन्न स्थानमा पार्टीका नाउँमा नेता–कार्यकर्तालाई यही दलाल पुँजीवादी संसदीय व्यवस्थाको चुनावमा उठाएपछि पार्टीभित्र क्रान्तिकारी र आत्मसमर्पणवादी लाइनबीच तीव्र वैचारिक सङ्घर्ष चुलिएको समयमा विप्लवले आत्मसमर्पणवादी लाइनको समर्थन गर्दै क्रान्तिकारी विचारका नेताहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई कथित निष्कासन गरेको विज्ञप्ति जारी गरेका थिए । सहिद परिवारहरूको वक्तव्य विप्लवको उक्त पलायन र कायरतावादी हर्कतपछि सार्वजनिक भएको हो । विज्ञप्तिको पूरापाठ…..

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ