• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    नेकपाले पास गरेको थियो यस्तो दस्तावेज, तर विप्लवले नेताहरुलाई चुनावमा पठाए !

    7K
    SHARES



    काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हालै सम्पन्न १२औं केन्द्रीय समिती बैठकमा महासचिव विप्लवले पेश गरेको निर्वाचन उपयोग गर्ने आसयको दस्तावेजलाई परिमार्जन गरेर पार्टी वा मोर्चा दर्ता गरेर चुनावमा नजाने तर राजनीतिक दल बाहेक कोही राष्ट्रवादी देशभक्त व्यक्ति स्वतन्त्र रुपमा उठेको खण्डमा उसलाई सहयोग गर्न सकिने भनेर पारित गरेको थियो ।

    बैठकमा चुनाव उपयोग गर्ने भनेर विप्लवले प्रस्तुत गरेको प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अवस्थामा आएपछि सचिवालय र केन्द्रीय समितिका सदस्यहरु दुई भागमा विभाजन भएका थिए । ९ दिनसम्म बसेको केन्द्रीय समिती बैठकमा सल्लाहकारसहित ४४ जनाले विप्लवको प्रस्तावलाई परिमारजन गर्नुपर्ने धारणा राखेपछि विप्लव-प्रकाण्ड अल्पमतमा परेका थिए ।

    केन्द्रीय समिति बैठकमै दुई खेमा बनेर फिल्डमा आएका नेकपाका केही नेताहरु पार्टीलाई चुनावमा सहभागी गराउने विप्लवको लाइनमै उभिएर चुनावी अभियानमा लागे भने केही नेताहरु केन्द्रीय समिति बैठकले चुनावमा भाग नलिने भनेर गरेको निर्णयप्रति प्रतिबद्ध भएर पार्टी काममा लागे, यसै शिलशिलामा प्रकाण्ड आफैले निर्वाचन आयोग पुगेर चुनावमा भाग लिने भनाई सार्बजनिक गरेपछि नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुग्यो ।

    त्यसपछि नेकपाका नेता कार्यकर्ताहरु महासचिवको निर्देशनमा प्रबक्ताबाटै पार्टी निर्णयको उलंघन भएको भन्दै विप्लव प्रकाण्डका बिरुद्ध बहस गर्न थालिसकेका थिए । जव निर्वाचन आयोगमा पार्टीकै केन्द्रीय सदस्य र केही जिल्ला नेताहरु उम्मेदवार उठे, ठिक त्यसै बेला सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले पार्टी केन्द्रीय समिती बैठकको निर्णय विपरित उम्मेदवार बनेका नेता कार्यकर्तालाई तत्काल मनोनयन फिर्ता भन्दै बिज्ञप्ति जारी गरेका थिए ।

    धर्मेन्द्र बास्तोलाको विज्ञप्ति आएको २४ घण्टा नपुग्दै महासचिव विप्लवले सुदर्शन र बास्तोलालाई निष्काशन नभने पनि पदमुक्त गरिएको भनेर साइलेन्ट कारबाही गरेको अर्को बिज्ञप्ति जारी गरे । त्यसपछि नेकपा भित्रको विवाद फुटको तहमा पुगेको छ ।

    नेकपालाई फुटसम्म लैजाने गरी १२औं कन्द्रीय समिती बैठकले त्यस्तो के निर्णय गरेको थियो ? सञ्चारकेन्द्रलाई प्राप्त उक्त बैठकको दस्तावेज हेर्नुहोस् जस्ताको त्यस्तै :

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ