• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्पोरेट

    नबिल बैंक र पर्यटन व्यवसायी महिला संघबीच साझेदारी

    3.3K
    SHARES

    काठमाडौँ । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ ।

    पोखरामा आयोजित एक कार्यक्रम बीच बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

    वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरू मार्फत महिलाहरूलाई पर्यटन उद्यमहरू सञ्चालन गर्न तथा डिजिटल माध्यमहरुको प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले यस सहकार्य महत्त्वपूर्ण हुने बताउदै यसले महिला व्यवसायीलाई डिजिटल बैंकिंङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकास गर्नमा कोसेढुंगा साबित हुने बताए ।

    त्यस्तै कार्यक्रममा टेवानका अध्यक्ष रेनु थापाले नबिल बैंकले टेवानलाई रोजेकोमा धन्यवाद दिदै महिला व्यवसायीको प्रवर्धनमा बैंक संग हातेमालो गर्दै सँगै अघि बढ्ने बताइन् । कार्यक्रममा केहि महिला उद्यमीलाई नबिल क्यूआर कोड पनि हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रममा टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री, नबिल बैंक एसएमई तथा लघुवित्त कर्जा प्रमुख निरज कुमार बस्नेत (डनिल), दायित्व व्यवस्थापन, कर्पोरेट कम्युनिकेशन तथा सि. एस. आर. प्रमुख कृष्ण सुवेदी, नबिल बैंक गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोकाको उपस्थिती थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ