• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली टिप्स

    महिनावारीमा भुलेर पनि नगर्नुहोस् यी ७ काम

    6.1K
    SHARES

    हरेक महिना महिलालाई महिनावारी हुन्छ । यो एक प्राकृतिक प्रक्रिया हो । तर, महिनावारी भएको बेला केही सावधानी नअपनाएमा भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यो बेला यस्ता केही बानी वा काम छन् जो गर्नु हुदैँन ।

    १. फास्ट फूड खानु
    महिनावारीका बेला स्यान्डविच, बर्गर, पिज्जा वा चिप्सजस्ता फास्ट फूड खानु हुदैँन । यस्तो खाँदा शरीरलाई आवश्यक भिटामिन र मिनरल्स पाइँदैन र शरीर कमजोर हुन थाल्दछ ।

    २. पर्याप्त नसुत्नु
    महिनावारीको क्रममा कम्तीमा पनि ८ घण्टा सुत्नु पर्दछ । अन्यथा पर्याप्त निन्द्रा पुगेन भने शरीरले आराम पाउँदैन । यस्तोमा टाउको दुख्ने र शरीर दुख्ने लगायतका समस्या हुन्छ ।

    ३. व्रत बस्नु
    महिनावारीका बेला शरीरलाई भिटामिन र मिनरल्सको आवश्यकता पर्दछ । त्यसैले यो बेला व्रत बस्दा शरीरले पोषण पर्याप्त पाउँदैनन् । यस्तोमा विभिन्न स्वास्थ्य समस्या हुनसक्छ ।

    ४. शारीरिक सम्बन्ध
    कतिपय महिनावारीका बेला शारीरिक सम्बन्ध राख्दा केही नहुने तर्क गर्छन् । तर यो बेला शारीरिक सम्बन्ध राख्दा संक्रमणको खतरा बढ्ने गर्दछ । साथै पीडा पनि बढ्न सक्छ ।

    ५. अत्यधिक व्यायाम
    महिनावारीको क्रममा अत्यधिक व्यायाम गर्दा शरीरमा रक्तसंचार बढ्ने गर्दछ । यस्तोमा पेट दुखाई र अत्यधिक रक्तश्राव पनि हुन सक्छ । तर व्यायाम नगर्ने भन्ने चाहिँ होइन ।

    ६. सरसफाईमा ध्यान नदिने
    महिनावारीको क्रममा शरीरलाई सफा नराख्दा थुप्रै स्वास्थ्य समस्या हुनसक्छ । त्यसैले प्याड, कपडा वा अन्य सामाग्री नियमित निर्मलीकरण वा सफा गरेर मात्र लगाउनु पर्दछ ।

    ७. अन्य कुरा
    महिनावारी हुँदा गुप्ताङ्गलाई धुन रासायनिक उत्पादनको प्रयोग गर्नु हुदैँन । यसले पीडा र संक्रमण बढ्ने खतरा निम्तिन सक्छ । यस अलावा महिनावारीका बेला धेरै मात्रामा कफी पिउँदा शरीरमा पानीको मात्रा कम हुन्छ । साथै पेट दुखाईको समस्या बढाउन सक्छ ।- एजेन्सीको सहयोगमा

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ