• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    लाभांश घोषणा गर्ने बैंकमा पहिलो बन्यो माछापुच्छ्रे

    3.7K
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंकको बुधबार बसेको संचालक समितिले गत आर्थिक बर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ। बैंकले चूक्ता पूँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख रुपैयाँ बराबरको लाभांश घोषणा गरेको हो।

    उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्नेछ। नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात लाभांश वितरण हुनेछ।

    बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित छ।

    बैंकले देशभर १६२ वटा शाखा कार्यालय, १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकका देशभर २०३ वटा एटीएमहरु संचालनमा छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ