• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेपालमा एमसीसी पारित भए काबुलको जस्तै हालत हुन्छ- धर्मेन्द्र बाँस्तोला

    2.9K
    SHARES



    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले कुनै पनि हालतमा एमसीसी पारित हुन नसक्ने बताएका छन्। पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता बाँस्तोलाले यस्तो बताएका हुन्।

    उनले एमसीसी सामूहिक हित र स्वार्थका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि पारित गर्न खोजिएको भन्दै यो पारित हुन नदिने बताए। ‘एमसीसीले नेपाललाई कंगाल बनाउने निश्चित छु, उनले भने, ‘अहिले अफगानिस्तानमा जुन प्रकारको विद्रोह छ, त्यही आतंक नेपालामा फैलिने। अमेरिकाले नेपाललाई एमसीसीका माध्यमबाट ठिक त्यही गर्न चाहेको छ। सबै मिलेर एमसीसी लागू गर्न दिनुहुँदैन।’

    यो नेपालको हितमा नरहेको र नेकपाका लागि स्वीकार्य नहुने उनको भनाइ छ। ‘समग्र नेपाली जनता एमसीसीको विरुद्ध छन्’, उनले भने, ‘एमसीसीका पछाडि दुर्भाग्यका संकेतहरू देखिएका छन्।’

    अमेरिकाले नेपालमा एमसिसी कार्यान्वयनमा ल्याएर चीन र भारतलाई टुक्य्राउन खोजेको बताए। उनले भने, ‘चीन र भारतलाई टुक्य्राउने आधार नेपाललाई बनाउन खोजेको हो। यो प्रस्ट छ। भोलि नेपालमा काबुलको जस्तो घटना हुने हो। त्यसका लागि अहिले सरकार, नेता, कार्यकर्ता र नागरिक सचेत हुन आवश्यक छ।’

    नेपाललाई आधारभूमि बनाएर छिमेकीका शक्तिशाली देशलाई टुक्राटुक्रा बनाउने रणनीति अमेरिकाको भएको भन्दै बाँस्तोलानले भने, ‘सिंगो देश एकातिर छ। एमसीसी पारित भएको खण्डमा देशमा ठूलो क्रान्ति हुने सम्भावना छ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ