• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गीत-सङ्गीत भिडियो मनोरञ्जन

    जिम्माल बाको छोरो भन्दै दिलीप इन्दिराको पछि लागेपछि, भिडियोसहित

    38.5K
    SHARES

    काठमाडौंँ । अभिनेता दिलिप रायमाझी गायिका इन्दिरा जोशीको पछि लागेका छन् । दिलिप रियल लाइफमा नभएर रिल लाइफमा इन्दिराको पछि लागेका छन् ।इन्दिराकै नयाँ गीत ‘जिम्माल बाको छोरो’ भिडियोमा दिलिप इन्दिरालाई फकाउँदै पछि लागेको देख्न सकिन्छ ।

    गायिका जोशीलाई यो गीतमा रमेश बाबुले स्वरमा साथ दिएका छन् । रोमान्टिक शैलीमा तयार गीत ‘जिम्माल बा को छोरो’मा प्रकाश सापकोटाको शब्द र भिम ब. श्रेष्ठको संगीत रहेको छ ।

    भिडियोमा दिलिप, इन्दिराको अलवा गीता ढुंगाना र कमल सिंहको समेत अभिनय छ । सुब्रत आचार्यको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन, बुद्ध थापाको छायांकन र प्रमोद भण्डारीको कोरियोग्राफी छ ।

    त्यस्तै चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि शुरु हुने भएको छ । शोका निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै शुरु हुने जानकारी दिए । ‘फ्रेन्चाइजको लागि हामीसँग ३ वर्षको मात्र अनुमति थियो । अहिले फेरि नयाँ सिजनका लागि मौखिक अनुमति मिलेको छ । लिखित प्राप्त हुनासाथ शो शुरु हुन्छ’ पौडेलले थपे ‘आशा गरौ छिट्टै हुनेछ ।

    अव शुरु हुने सिजनमा जज भने फेरिनेछन् । यस अगाडि शोमा देखिँदै आएका जजले अन्य शोमा काम गर्न थलिसकेकोले जर्ज फेरिने भएका हुन् । नयाँ जर्ज भएपनि नेपाली सांगीतिक क्षेत्रका स्थापित व्यक्तिहरू नै रहने निर्माण युनिटले जनाएको छ ।

    यस्तै चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायिका दुर्गा खरेलको स्वर रहेको गीत ‘धर्ती आकाश’ युट्युव ट्रेन्डिङको पहिलो स्थानमा आउन सफल भएको छ ।

    शुक्रबार सार्वजनिक यो गीतले समाचार तयार गर्दासम्म करिव ९ लाख भिउज पाउदै युट्युव ट्रेन्डिङको शिर्ष स्थानमा आउन सफल भएको हो ।गीतमा गायिका खरेललाई गायक रोशन अधिकारीले साथ दिएका छन् । गीतमा शब्द समेत संगीतकार अर्जुन पोखरेलले कोरेका हुन् ।

    गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्माको अभिनय देख्न सकिन्छ । उत्सव दाहालको छायाँकन, बिकास दाहालको सम्पादन रहेको भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया