• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली टिप्स

    जिरा खानुहोस् मोटोपना घटाउनुहोस्, दुई हप्तामा घट्छ ५ केजी वजन

    5.7K
    SHARES

    काठमाडौं । मोटोपना आधुनिक जीवनशैलीमा सबैजसोको लागि समस्या बनिरहेको छ । शारीरिक काम कम हुनु र मानसिक काम बढी हुने हुनाले पनि मोटोपना बढिरहेको छ । त्यस्तै खानपिनको शैलीले पनि शरीरको मोटोपना बढाइरहेको छ । मोटोपनाको लागि भान्साको सामान पनि औषधि सिद्ध हुन सक्छ ।

    जीरा सबैजसो नेपाली भान्सामा हुने मसला हो । यसलाई तरकारी तथा अचारका परिकारहरु बनाउन प्रयोग गरिन्छ, जसले स्वादलाई बढाइदिन्छ । स्वादको लागि सधै भान्सामा प्रयोग गरिने यो जीरा औषधी पनि हो । जीरामा आइरन, क्याल्सियम, म्याग्नेसियम,जिंक, फस्फोरस जस्ता तत्वहरु हुन्छन् । यी तत्वहरुले गर्दा जिराले धेरै रोगहरुको लागि औषधीको काम गर्नुका साथै मोटोपना पनि छिटो घटाईदिन्छ ।

    मोटोपना घटाउनको लागि हरेक राती सुत्नुभन्दा अगाडी दुई चम्चा जीरालाई एक गिलास पानीमा भिजाउनुपर्छ । बिहान उठेर त्यो पानि उमालेर पिउनुपर्छ । पिउँदा एकैपटक नभई एकएक घुड्की गर्दै पिउनुपर्छ । पानी पिएर सकेपछि बाँकी रहेको जीरा चपाएर खानुपर्छ ।

    त्यस्तै, पचास ग्राम दहीमा एक चम्चा जीरा मिसाएर हरेक दिन खानाले पनि मोटोपना घट्छ । मोटोपना घटाउनको लागि जीरलाई गाँजरको सुपमा मिलाएर पकाउने र त्यसमा कागती, अदुवा, दही राखेर पनि खान सकिन्छ । मोटोपना घटाउनको लागि मानिसहरु ब्राउन राइस खाने गर्छन् । त्यो ब्राउन राइसमा जिरा मिलाएर पकाउने र खाने गर्नाले मोटोपना छिटो घट्छ । जिराले ब्राउन राइसको स्वाद पनि मीठो बनाइदिन्छ ।

    जीराले पेटको पाचन शक्तीलाई बढाइदिन्छ । जिरा खानाले पेट फुल्ने, ग्याँस भरिने समस्या हट्छ । जिराले हृदयघातबाट पनि बचाउँछ , यसले कोलेस्ट्रोल घटाईदिन्छ । जीराले रगत पनि सफा गराइदिने र बढाउने गर्छ । विद्यार्थीहरुका लागि पनि जीरा खानु लाभदायक हुन्छ , किनकी यसले स्मरणशक्ती बढाइदिन्छ ।

    जीराले हाम्रो शरीरमा जम्मा भएको बोसोलाई एकैठाउमा जम्मा हुन दिदैन भन्ने कुरा वैज्ञानिकले प्रमाणित गरिसकेका छन् । त्यस्तै तातो पानीमा कागती मिसाएर पिउनाले शरीरमा भएको बोशो पग्लन्छ भन्ने कुरा पनि प्रमाणित भईसकेको छ ।

    बिहान उठेर खाली पेटमा यो जिरालाई मज्जालाई चपाएर निल्नुहोस् र बचेको पानीलाई चियाजस्तै तातो बनाएर त्यसमा आधा कागती निचोर्नुहोस् र एक चम्चा मह मिसाएर पिउनुहोस् ।कसरी गर्छ काम ? जिराले हाम्रो शरिरभित्र रहेको बोसोलाई शरिरमा अवशोषित हुन दिँदैन । तातो पानी र कागतीले शरिरमा जमेको बोसोलाई काट्ने गर्दछ । त्यसैले गर्दा मोटोपनको लागि यो तरिका निकै चमत्कारीक हुने गर्दछ ।

    सावधान! यसो नगर्नुहोस्ः
    यदि तपाईंले यो निकै सजिलो घरेलु तरिका अपनाउने सोच्नुभएको छ भने बिहान नास्ता गर्न छोड्नुहोस् किनभने बिहान ‘हेभी ब्रेकफास्ट’ खाँदा तपाईंले चाहनुभएको नतिजा पाउन सक्नुहुन्न । बिहान यो पानी पिउनुहोस् र दिउँसो मात्र खाना खानुहोस् ।

    ना खानुभन्दा अघि एक प्लेट सलाद खानुहोस् । खानामा हरियो तरकारीको प्रयोग बढि गर्नुहोस् । राती सुत्नुभन्दा दुई तीन घण्टा अगाडि खाना खानुहोस् । दिउँसो र राती खाना खाएको केही क्षण पछि नै एक ग्लास तातो पानीमा आधा कागती निचोरेर पिउनुहोस् । खाना खाँदा चिसो पानी नपिउनुहोस् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ