• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर राजनीति

    नेकपाले लमजुङमा सुरु गर्यो वालपेन्टीङ, डिएसपीले रोके पनि सिडियो भन्छन- लेख्नुहोस, फोटोफिचर

    19.4K
    SHARES

    लमजुङ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लमजुङले जिल्लाको बेशिशहर नगरमा आफ्नो पार्टी र कोरोना सचेतनाका नाराहरु वालपेन्टीङ गरेको छ । बुधबारदेखि सुरु गरिएको वालपेन्टीङ प्रहरीले रोक्न खोजेको थियो भने पार्टीका जिल्ला सेक्रेटरी आक्रोशले सिडियोसँग छलफल गरेपछि पुनः सूचारु गरिएको थियो ।

    हालै सम्पन्न पार्टी केन्द्रीय समिती बैठकले निर्णय गरे अनुसार जिल्ला समितिले जिल्लाका विभिन्न नगर र गाउँपालिकाहरुमा वालपेन्टीङ गर्न सुरु गरेको छ । यस्तै नेकपाले लमजुङका साथै गण्डक क्षेत्रका अन्य जिल्लाहरुमा पनि नाराहरु लेख्न सुरु गरेको बताएको छ ।

    बुधबार अपरान्ह मात्रै नेकपाको केन्द्रिय समिति बैठक सकिएको छ । सरकारद्वारा प्रतिबन्ध फुकुवापछि जेलमा रहेका नेताहरुलाई रिहा गरेपछि पार्टीले केन्द्रीय समिती बैठक बस्न खोजेको थियो । तर सरकारले बन्दीहरु रिहा गर्न ढिला गरेपछि केन्द्रीय समितिको १० औं पूर्ण बैठक गत बिहिबारदेखि कपिलबस्तुमा सुरु भएको थियो।

    बैठकले पार्टीका महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रस्तावलाई पास गरेको नेकपा केन्द्रीय कार्यालयले सञ्चारकेन्द्रलाई जानकारी दिएको छ । केन्द्रीय कार्यालयका अनुसार बैठकले विवादित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

    बैठकले नेपालमा वर्तमान संसदीय व्यवस्था ठिक वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतद्वारा टुङ्ग्याउने बताउँदै विद्यमान समस्यालाई जनमतसङ्ग्रहले मात्रै समाधान दिन सक्ने निस्कर्ष निकालेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ