• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    यौन स्वास्थ्य

    यौ’न स्वास्थ्यसँग जोडिएका केही सत्य र केही झूट

    9.2K
    SHARES

    यौ’न विशेषज्ञहरु यौ’न शिक्षालाई व्यक्तिले बिस्तारै बिस्तारै सिक्दै जाने शिक्षाको रूपमा चिनाउँछन् । कुनैपनि महिला र पुरुषबीचको एउटा शारीरिक सम्बन्ध मात्रै यौनसँग सम्बन्धित विषय होइन । यौनसँग सम्बन्धित कतिपय कुराहरु बच्चा जन्मिसकेका आमाबुबालाई समेत जानकारी नभएको हुन सक्छ ।

    यौनको बारेमा धेरै गलत हल्लाहरू हुन्छन् । यौनको विषयमा कतिपय भ्रम पनि धेरैले पालेर बसेका हुन सक्छन् । जुन भ्रम र यथार्थका बारेमा केही जानकारी दिने कोसिस गरिएको छ ।

    महिलाहरुको यौनसँग जोडिएका केही भ्रमहरू

    महिलाहरुको बीचमा पनि यौनसँग जोडिएका कैयौं मिथकहरु प्रचलित छन् । यदि तपाईं पनि अहिले नै गर्भधारण गर्न चाहनुहुन्न भने यसको लागि यौनसँग जोडिएका केही बुझाइको बारेमा ध्यान दिनुपर्छ ।

    स्तनपानको समयमा गर्भ रहनेबारे

    स्तनपानको समयमा यौन सम्पर्क गर्दा महिलाको गर्भ रहँदैन भन्ने मान्यता सुन्न पाइन्छ । स्तनपानको समयमा शरीरमा बन्नेवाला हर्माेनहरुले केही समयको लागि अण्डा बन्ने प्रक्रिया वा ओब्युलेशन कार्य रोक्न सक्छ । तर यो सधैं सुरक्षित हुँदैन । त्यसैले सुत्केरी भएपछि पनि यौनको समयमा सुरक्षात्मक उपायको उपभोगको सल्लाह दिने गरिन्छ ।

    गर्भनिरोधक चक्कीको सेवनबारे

    यदि गर्भनिरोधक चक्कीको पूरा फाइदा लिने हो भने यौन सम्पर्कपछि तुरुन्तै यस्तो चक्की लिनुपर्ने हुन्छ । पहिलो २४ घण्टामा यसको असर ९५ प्रतिशतसम्म हुने गर्छ । जबकि ७२ घण्टामा यसको असर ६० प्रतिशतमा झर्ने गर्छ ।

    दुईवटा क’ण्ड’मको एकसाथ प्रयोग गर्नेबारे

    कतिपयले सुरक्षाको लागि दुईवटा कण्डमलाई एकसाथ प्रयोग गर्न सुझाव दिन्छन् । तर चिकित्सकहरु यो सहि नहुने बताउँछन् । किनकि कण्डमहरु एकअर्कामा रगडिँदा आफैँ फाट्ने सम्भावना पनि बढी हुन्छ । यो अन्य संक्रामक रोगबाट बच्नको लागि पनि उपयुक्त हुने भएकोले एउटा नै कण्डम प्रयोग गर्न सकिन्छ ।

    महिनावारी भएको समयमा हुने यौन सम्पर्कका बारेमा

    कतिपयमा महिनावारीको समयमा यौन सम्पर्क गर्दा गर्भवती हुने सम्भावना कम हुन्छ भन्ने मान्यता पनि रहेको पाइन्छ । तर यसमा पनि सत्यता रहेको पाइँदैन । चिकित्सकहरु यस समयमा गर्भको सम्भावना कम हुने भए पनि असम्भव भने हुँदैन ।

    यौ’न’को विषयमा पुरुषहरुमा हुने गलत धारणा

    सुरक्षित यौ’न सम्बन्धलाई लिएर भारतीय पुरुषहरुमा कैयौं गलत धारणाहरु आउने गर्छ । जसको सम्बन्धमा उनीहरुको मान्यता छ कि यसले एचआईभी एड्स या अन्य एसिडिटी जस्ता समस्या हुँदैन भन्ने मान्यता छ । अधिकांश मामलामा पुरुषहरु क’ण्डमको प्रयोग गर्न चाहँदैनन् । यदि उनीहरुको साथमा कण्डम छैन भने उनीहरु दोस्रो तरिकाले यौन सम्पर्क गर्न चाहन्छन् । यस्तो असुरक्षित यौनसम्पर्क दुवैको लागि जोखिमयुक्त हुन्छ ।

    यौनसँग जोडिएको केही तथ्य

    १. शारीरिक सम्बन्ध मानसिक सुख समेत प्रदान गर्छ । यसको लागि मानसिक रुपले पनि जोडिनु जरुरी छ । २. यो सत्य हो कि समयभन्दा पहिले यौन सम्बन्ध बनाउनको लागि शारीरिक र मानसिक विकासमा धेरै प्रभाव पर्छ ।

    ३. विवाहभन्दा पहिले यौनको वैवाहिक जीवनमा कुनै असर हुँदैन । यो मान्न सकिन्छ कि विवाहभन्दा पहिले वैवाहिक जीवनको खुसी खोसिने समस्या हुन सक्छ । यो गलत कुरा हो ।

    ४ यो सही कुरा हो कि यौन सम्बन्ध एक व्यक्तिगत अधिकार हो । यसमा कुनै एकको लागि प्रतिबद्धता हुनु जरुरी छ । तर अहिले यसको महत्व कम हुँदै गएको छ ।

    ५. सम्बन्धमा यौनको प्राथमिकता कहिलै हुनु हुँदैन । भावनात्मक सम्बन्धका साथ–साथ आत्मीय सम्बन्ध हुनु समेत जरुरी हुन्छ । तपाईं यौनको महत्वलाई बुझ्न सकिन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया