• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली यौन स्वास्थ्य

    यी हुन् ‘हर्ट अट्याक’सँग जोडिएका १० खतरनाक लक्षण

    8K
    SHARES

    बिहिबार बिहान बलिउड अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण मृत्यु भयो । बुधबार राति सकुशल सुतेका सिद्धार्थ बिहीबार बिहान उठ्न सकेनन् । ४० वर्षकै उमेरमा चर्चाको शिखर उक्लदैँ गर्दा शुक्लाको मृत्यु भयो । उनको मृत्युको कारण हृदयघात भएको भारतको कुपर अस्पतालले जनाएको छ ।

    चिकित्सकका अनुसार हृदयघात अकस्मात् हुँदैन । हृदयघात हुनुभन्दा अगाडि यसलाई बढवा दिने थुप्रै लक्षणहरु देखिन्छन् । यस्ता लक्षणहरुलाई समयमा नै पहिचान गरेर सतर्कता अपनाउन सकेमा हृदयघातबाट हुने मृत्युदर कम हुने चिकित्सकहरु बताउँछन् ।

    असामान्य मुटुको धड्कन
    अत्यधिक दुखी वा अन्यधिक खुशी हुँदा मुटुको धड्कन बढ्नु स्वभाविक नै हो । तर मुटुको धड्कन केही सेकेण्डभन्दा बढी समयसम्म अनियन्त्रित तरिकाले बढ्छ वा घट्छ भने तुरुन्तै डाक्टरको सल्लाह लिन आवश्यक छ ।

    बंगरा, दाँत वा टाउकोको दुखाई
    हृदयघातभन्दा पहिले केही बिरामीहरुको हात, बंगरा, दाँत वा टाउकोको दुखाई बढ्छ । यस्तो समस्यामा शरीरको चेकजाँच जरुरी हुन्छ ।

    काँधमा हुने दुखाई
    कम्मर वा काँधमा हुने दुखाई पनि हृदयघात हुनसक्ने संकेत हो ।

    लगातार खोकी
    लामो समयसम्म खोकी लाग्नु वा लगातार खोकी लागिरहनुलाई हृदयघातको लक्षण मानिदैन तर मुटु रोगीहरुले भने खोकी लाग्नुलाई गम्भीर रुपमा लिन आवश्यक छ । यदि मुटुरोगीहरुको खकार सेतो वा गुलाबी रंगको भएमा मुटुले काम गर्न छोड्दैछ भन्ने संकेत हुनसक्छ ।

    छाती पोल्नु
    यदि छातीमा लगातार जलन भइरहन्छ भने खतरनाक रोगको संकेत हुनसक्छ । खानेकुरा अपच हुने समस्या पनि हृदयघातको लक्षण हो ।

    घुर्ने समस्या
    निदाएको समयमा घुर्नुलाई सामान्य मानिन्छ । तर, ठूलो आवाजमा घुर्दा सास फेर्न गाह्रो हुनु स्लिपिङ एपनियाको लक्षण हो । राति सुतेको समयमा कतिपय समयमा सास रोकिन्छ जसले गर्दा मुटुमा थप भार पर्न जान्छ ।

    पसिना
    शरीरमा अत्यधिक मात्रामा पसिना निस्किनु पनि हृदयघातको संकेत हो । चिसो मौसममा पनि पसिना आइरहन्छ भने चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ ।

    बान्ता
    बारम्बार बान्ता हुनु, पेट दुख्नु हृदयघात हुनुअघिको लक्षण हो ।

    हात वा कुहिनो दुख्नु
    यदि गोडा, पैताला र कुहिनो दुख्ने समस्या बढ्दै छ भने यो गम्भीर रोग हुनसक्छ । डाक्टरका अनुसार मुटुले राम्रोसँग रक्तसञ्चार गर्न सकेन भने हृदयरोग हुने खतरा बढ्छ ।

    सास फेर्न गाह्रो हुनु
    सास फेर्नमा समस्या भएसँगै सासको कमि भएको महसुस भएमा हृदयघातको खतरा बढ्छ । यसका साथै केही व्यक्तिहरुमा हृदयघातभन्दा अगाडि आत्तिने, डायजेशन हुने, मुटु पोल्ने र पेट दुख्ने समस्याहरु पनि देखिन्छ ।

    कफी र मुटुको सम्बन्ध

    मुटुलाई स्वस्थ राख्न हरेक दिन ३ कप कफी पिउन जरुरी छ । हरेक दिन ३ कप कफी पिउँदा २१ प्रतिशत स्ट्रोक र १७ प्रतिशत हृदयरोगको खतरा कम हुन्छ । हंगेरीको राजधानी बुडापेस्टस्थित सेमेल्भिस युनिभर्सिटीमा गरिएको अनुसन्धानले कफी र मुटु बीचको सम्बन्धलाई उजागर गरेको छ ।

    उक्त अनुसन्धानको क्रममा कफिले कसरी मुटुलाई स्वस्थ राख्छ ? कति कप कफी पिउनु स्वास्थ्यलाई फाइदाजनक छ ? भन्ने जस्ता प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरिएको थियो । युकेको बायोबैंकमा रेकर्ड भएका ४ लाख ६० हजार व्यक्तिहरूमाथि गरिएको अनुसन्धानमा कफी पिउने र नपिउने व्यक्तिमा कफीको प्रभाव र नपिउने व्यक्तिको अवस्थाको बारेमा खुलासा गरिएको छ ।

    जसले जुन व्यक्तिले हरेक दिन ३ कपसम्म कफी पिउने गर्दछ उनीहरुको मृत्युको खतरा १२ प्रतिशत कम हुन्छ । भने, हृदयघात हुने सम्भावना १७ प्रतिशत कम हुन्छ । साथै, २१ प्रतिशत व्यक्तिमा स्ट्रोकको खतरा कम हुन्छ ।

    कति मात्रामा कफी पिउने ?
    अनुसन्धानकर्ताका अनुसार अनुसन्धानमा सहभागी व्यक्तिहरुको मुटुको एमआरआई स्क्यानमा कफीले मुटुमा पार्ने असरबारे अध्ययन गरिएको थियो ।

    जसअनुसार कफी नै नपिउने व्यक्तिको तुलनामा कफी सीमित मात्रामा कफीपिउने व्यक्तिहरुको मुटुले सन्तुलित रुपमा काम गरिरहेको र बढ्दो उमेरले मुटुमा पार्ने असर पनि घटाएको पाइएको छ ।

    अनुसन्धानमा संलग्न डा. जुदित सिमोनले सीमित मात्रामा कफी पिउनु फाइदाजनक भएको बताए । उनले धेरै मात्रामा कफी पिउँदा शरीरलाई नोक्सान पुग्ने जानकारी दिए । उनले हरेक दिन ३ कफ कफी स्वास्थ्यका लागि फाइदाजनक भएको बताए ।

    क्याफिनको बेफाइदा
    विशेषज्ञका अनुसार एक दिनमा ३ कपभन्दा बढी कफी पिउँदा स्वास्थ्यका लागि बेफाइदाजनक मानिन्छ । कफीमा हुने क्याफिनले मस्तिष्कको स्नायु प्रणालीमा असर गर्छ । क्याफिनको सेवनले भोक कम लाग्ने, तौल घट्ने जस्ता समस्या पैदा गर्छ ।

    क्याफिनले शारीरिक र मानसिक रुपमा उर्जावान बनाउँछ । जसले गर्दा धेरै काम गर्ने र आराम गर्ने बानीको बिकास हुँदै जान्छ । यसले गर्दा विस्तारै उच्च रक्तचापको समस्या देखा पर्छ । त्यसैले क्याफिनको सही मात्राले शरीरलाई फाइदा गर्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ