• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली यौन स्वास्थ्य

    वैज्ञानिकले गरे अचम्म लाग्ने अनुसन्धान, पहिलो पटक मानिसको रगतमा देखियो प्लास्टिक, के भन्छन् विज्ञ ?

    4.7K
    SHARES

    प्लास्टिक बन्द गर्ने र यसको प्रयोग रोक्न विश्वभरी फरक–फरक अभियान चलाइँदै आएको छ । केही समय पहिले समुद्री जीवको शरीरमा माइक्रो प्लास्टिक प्रवेश गरेको थियो । जसबाट यी जीवहरूको मृत्यु भएको थियो । हाल नेदरल्यान्डका वैज्ञानिकले एक अचम्म लाग्ने अनुसन्धान गरेका छन् ।

    उनीहरुले मानिसको रगतमा पनि प्लास्टिकको टुक्रा खोजेर निकालेका छन् । यस्तो विश्वमा पहिलो पटक भएको हो । यी टुक्रा देख्नमा अत्यन्त सानो वा माइक्रो प्लास्टिक हो । यो अध्ययनमा वैज्ञानिकले २२ जना मानिसको नमुना लिएका थिए । जसमा १७ जनाको रगतमा प्लास्टिकको अंश पाइएको थियो । यसलाई अत्यन्त चिन्ताजनक भएको बताइएको छ ।

    के हो माइक्रोप्लास्टिक ?
    माइक्रो प्लास्टिक ५ मिलीमिटर वा योभन्दा पनि कम आकारको सानो प्लास्टिकको टुक्रा हुन्छ । यो यति सानो हुन्छ, म्याग्नीफाइ ग्लासबिना यसलाई देख्न मुश्किल हुन्छ । वैज्ञानिकहरु अझैपनि यी साना अंशको प्रभाव कम गर्ने कोसिस गरिरहेका छन् । यो पानी, खानाको सामान र जमिनको सतह जस्ता स्थानमा रहन्छ । यसैको माध्यमबाट यो शरीरमा पुग्छ ।

    रगतमा पाइएका ५ किसिमका माइक्रोप्लास्टिक
    अनुसन्धानको अवधिमा वैज्ञानिकलाई मानिसको रगतमा ५ किसिमको प्लास्टिक प्राप्त भएको थियो । यसमा मुख्य रुपमा पोलिमेथाइल मेथेक्रिलेट, पोलिप्रोपाइलिन, पोलिस्टाइनिस, पोलिथाइलिन र पोलिथाइलिन टेरेफ्थेलेट समावेश छन् ।

    शरीरमा गइरहेको छ बोतल, फुड प्याकेजका प्लास्टिक
    यसका अतिरिक्त २३ प्रतिशत मानिसमा पोलिइथाइलिन पाइएको थियो । जुन प्लास्टिक ब्यागमा पाइन्छ । केवल एक व्यक्तिमा पोलिमेथाइल मेथेक्रिलेट पाइएको थियो र कुनै पनि रगतको नमुनामा पोलिप्रोपाइलिन पाइएको थिएन ।

    शरीरमा यसरी हुन्छ प्लास्टिको प्रवेश
    प्लास्टिक हावाको साथसाथै खानपिनबाट पनि मानिसको शरीरमा प्रवेश गर्न सक्छ । मानिसलाई प्लास्टिकको सानो–सानो अंश खादा, पानी पिउँदा र सास लिदाको समयमा शरीरभित्र प्रवेश गर्छ ।

    के भन्छन् विज्ञ ?
    नेदरल्यान्डको ब्रिजे युनिभर्सिटी एम्सटर्डमका प्राध्यापक डिक भेथाकले यो अवस्थामा चिन्तित हुनु आवश्यक भएको बताएका छन् । किनकी माइक्रोप्लास्टिकको यो अंश मानिसको पूरै शरीरमा पनि जान सक्छ । यो एक ज्यानै जान सक्ने बिरामीको कारण बन्न सक्छ । अझै पनि यो विषयमा थप अनुसन्धानको आवश्यकता भएको भेथाकले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया