• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली टिप्स

    के तपाईको बिर्सिने वानी छ ? यी आठ तरिकाले बढाउनुहोस् सम्झिने क्षमता

    14.6K
    SHARES

    काठमाडौँ । कतिपयको स्मरणशक्ति कम हुन्छ । केही बेरअघि देखे-सुनेको पनि बिर्सने तथा याद गर्न नसक्ने समस्या हुन्छ । खासगरी उमेर ढल्किँदै गरेका व्यक्तिमा यो समस्या हुन्छ । तर, बिर्सने बानीलाई सधैँ सामान्य मान्नुहुँदैन । यो एक किसिमको नसा तथा मानसिक रोग हो । सामान्य बिर्सने समस्याबाट सुरु हुने यो रोगले पछि बोल्नै नसक्ने अवस्थासम्म पुर्याउछ ।

    कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाई आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ ।

    १. व्यायामः

    व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाई धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ ।

    २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः

    यदि तपाईलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स गर्दै याद गर्नुहोस् । यसो गर्दा तपाईलाई ती कुराहरु धेरै समयका लागि याद हुन्छ । यस्तो तरिका अभिनेताहरुले पनि अपनाउने गर्छन् ।

    ३. सन्तुलित भोजनः

    तपाई जुन खानेकुरा खानुहुन्छ, ती खानेकुराको ऊर्जाको २० प्रतिशत हिस्सा सिधा दिमागमा पुग्ने गर्छ । यही कारणले दिमागको कामकाजी स्थिती ग्लूकोजको स्तरमा निर्भर हुन्छ ।

    यदि तपाईको सुगर लेभल नियन्त्रणमा छैन भने तपाईको दिमाग कन्फ्युज हुनसक्छ । डोपामाइन केमिकल निष्काशन गर्ने खाना दिमागका लागि उत्कृष्ट मानिन्छ ।

    यो कुरा पनि याद गर्नुहोस् कि दिमागको कोसिका फ्याटबाट बन्ने गर्छ त्यसकारण खानामा फ्याटको प्रयोगलाई जारी राख्नुहोस् । यसका साथै नट्स, नास्पाती र माछा दिमागका लागि निकै राम्रो मानिन्छ ।

    ४. संसारसँग सम्पर्क टुटाउन पनि सिक्नुहोस्ः

    तनाव दिमागका लागि राम्रो मानिन्छ किनभने दिमागले आपतकालिन अवस्थामा नै तीब्र रुपमा सोच्ने गर्छ । तर धेरै समयसम्म तनाव लिँदा यसमा नकारात्मक असर पर्ने गर्छ । त्यसकारण कहिलेकाँही संसारसँग सम्पर्क टुटाउन निकै आवश्यक हुन्छ । यसले दिमागलाई आराम दिन्छ।

    यद्यपी, यतिबेला तपाई दिमागको अन्य भागलाई काममा लगाउन सक्नुहुन्छ । यो त्यो हिस्सा हो, जसले हामीलाई दिनमा सपना देखाउँछ । यसले स्मरणशक्ति बलियो बनाउन निकै सहयोगी भूमिका खेल्ने गर्छ ।

    ५. नयाँ चुनौतीको खोजीः

    दिमागलाई स्वस्थ राख्नका लागि तपाई त्यसलाई चुनौती दिनुहोस्, नयाँ कुराहरु सिकिरहनुहोस् । अर्थात् कुनै नयाँ भाषा सिकेर र नयाँ कला सिकेर तपाई आफ्नो दिमागको क्षमतालाई बढाउन सक्नुहुन्छ । यी सबै गर्न सक्नुहुन्नँ भने आफ्ना साथी र परिवारका सदस्यसँग अनलाइन गेम नै खेलेर हेर्नुहोस् ।

    ६. संगीत सुन्नुहोस्ः

    संगीतको दिमागमा निकै सकारात्मक असर पुर्याउँछ । कसैले गीत सुनिरहेका बेला वा सांगीतिक बाजा बजाइरहेका बेला हेर्नुहोस्, उनीहरुको पूरा शरिर सक्रिय भइरहेको हुन्छ । धेरै पटक स्मरण शक्ति गुमेका बेला संगीतले निकै सहयोग गर्नेछ ।

    ७. पढेर सुत्नुहोस्ः

    यदि तपाई सुत्नुअघि केही नयाँ कुरा पढ्नुहुन्छ भने तपाईको दिमागका दुई कोशिकाको तार जोडिने गर्छ र तपाई सुतेपछि यी दुई कोशिकाबीचको सम्पर्क निकै बलियो हुन्छ र तपाईले जे पढ्नुभएको छ, त्यो तपाईको स्मृतिमा समावेश हुन्छ ।

    त्यसकारण निन्द्रा स्मरणशक्तिका लागि सबैभन्दा महत्वपूर्ण कडी हो । यही कारण सुत्नुअघि फिल्म हेर्न र डरलाग्दो कहानी हेर्नबाट बच्नुहोस् । सकारात्मक सोच र अनुभवसहित सुत्नुपर्छ ।

    ८. बिहान यसरी उठ्नुहोस्ः

    अब तपाईले निन्द्रा निकै महत्वपूर्ण छ भनेर बुझ्नुभयो होला । यदि तपाई पाँचघण्टा भन्दा कम सुत्नुहुन्छ भने तपाई मानसिक रुपमा त्यति सतर्क रहन सक्नुहुन्नँ । यहि स्थिती त्यतिबेला पनि बन्ने गर्छ जब तपाई १० घण्टाभन्दा बढी सुत्नुहुन्छ । साथै, तपाई कसरी उठ्नुहुन्छ त्यो पनि महत्वपूर्ण हुन्छ ।

    सबैभन्दा राम्रो त तपाई अँध्यारोमा सुत्नुहोस् र बिस्तारै उज्यालो भइरहेका बेला उठ्नुहोस् । बिहानको सूर्यको प्रकाश यदि तपाईको आँखामा पर्छ भने यसले दिमागलाई उत्कृष्ट प्रतिक्रियाका लागि तयार गर्छ । घरमा यदि सूर्यको किरण पर्दैन भने यस्तो अलार्म किन्नुहोस् जसमा लाइट सिस्टम राखिएको हुन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया