• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    कम्युनिष्ट सरकारको कडा कदम, राष्ट्रपतिको आदेशमा चर्चमाथि हानियो डोजर र ब’म

    7.6K
    SHARES



    काठमाडौं । चिनमा प्रहरीले चर्चहरु भत्काउन सुरु गरेको छ । चर्चहरूमार्फत पश्चिमी देशहरुमा चीन विरोधी गतिविधि बढेको भन्दै चर्चहरु भत्काउन सुरु गरिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् । सी जिनपिङ राष्ट्रपति भएपछि अवैध गतिविधि गर्दै आएका चर्चहरू भत्काउने वा बन्द गराउने नीति लिएका थिए । उनले पश्चिम देशहरुले चर्चमार्फत चिनियाँ सांस्कृतिमाथि नै हमला गर्न लागेको भन्दै चर्च बन्द गर्ने नीति लिएको बताइएको छ ।

    चीनको साङसी प्रान्तको द गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च सशस्त्र प्रहरीले भत्काइदिएको छ । द न्युयोर्क टाइम्सको अनलाइन संस्करणअनुसार एसोसियट प्रेसले सशस्त्र प्रहरीले विस्फोटक पदार्थ प्रयोग गरेर चर्च भत्काइदिएको समाचार दिएको छ । समाचारअनुसार साङ्सीमा आधा दर्जन चर्च भत्काइसकिएको छ ।

    तत्कालिन पार्टी अध्यक्ष माओले पनि जनवादी सत्ताविरुद्ध सांस्कृतिक हमला भएको बताउँदै धार्मिक अखडाहरु भत्काउन आदेश दिएका थिए । अहिले पार्टी प्रमुख तथा राष्ट्रपति सी जिन पिङले पनि माओले जस्तै कदम उठाएको विश्लेषण गर्न थालिएको छ । कम्युनिस्ट देश भएका कारण धार्मिक स्वतन्त्रता भएपनि चर्चमार्फत पश्चिमा देशहरुले चिनियाँ संस्कृतिमाथि हस्तक्षेप बढाएको भन्दै डोजर र बम विस्फोट गराएर चिनियाँ सरकारले चर्चहरु भत्काउन सुरु गरेको हो ।

    यसैबीच चीनले कृत्रिम चन्द्रमा बनाउने भएको छ । चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरिको फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा गरेको चीनको सरकारी पत्रिका पिपुल्स डेलीले जनाएको छ । यस्तो कृत्रिम चन्द्रमा चीनको आकाशबाट हरेक रात देख्न सकिने खबरमा उल्लेख गरिएको छ । यसले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउन सक्नेछ भने चन्द्रमाको प्रकाश १० देखि ८० किलोमिटर परसम्म फ्याक्न पनि सक्नेछ । थुप्रै वैज्ञानिकले यो घोषणाले अचम्ममा परेको भन्दै यसलाई महत्वकांक्षी परियोजना भनेका छन् ।

    अहिलेसम्म यमे योजनाका बारेमा धेरै कुरा बाहिर आएका छैनन् । पिपुल्स डेलीले पहिलोपटक यो समाचार छेन्दु एरोस्पेश साइन्स एण्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्चिच्युटका अध्यक्ष वु चुनफेङ्को प्रतिक्रियाहरूलाई समेटेर प्रकाशित गरेको छ । वुका अनुसार केही वर्षदेखि प्रयोगहरू हुँदै आइरहेका छन् । यो प्रविधि अन्तिम चरणमा छ ।

    सन् २०२० सम्ममा व्यवहारिक रूपमा नै सम्भव देखिएको छ । सन् २०२२ भित्रमा तीनवटा ठूला स्याटेलाइट प्रक्षेपण गर्न सकिने उल्लेख गरिएको छ । कृत्रिम चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ । अहिलेसम्म प्रकाशित समाचारमा भने यसमा सरकारी सहायता छ की छैन भन्ने खुलाइएको छैन ।

    चाइना डेलीका अनुसार नक्कली चन्द्रमाले एक ऐना जसरी काम गर्छ । जहाँ सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ । यो चन्द्रमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र रहेकै उचाई अर्थात् पृथ्वीभन्दा झण्डै ५०० किलोमिटर पर रहेर परिक्रमा गर्नेछ । वास्तविक चन्द्रमा पृथ्वीभन्दा औसत ३ लाख ८० हजार किलोमिटर टाढा रहेर परिक्रमा गर्छ । यसको प्रकाशले १० देखि ८० किलोमिटरसम्म समेट्छ जुन वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चमकदार हुनेछ ।

    इन्स्चिच्युटका अध्यक्ष वुका अनुसार यो चन्द्रमाको चमक र शुद्धतालाई नियन्त्रण गर्न सकिन्छ । हार्बिन इन्सिटिच्युट अफ टेक्नोलोजीका निर्देशक केग विमिनले पिपल्स डेलीसँग कुरा गर्दै नक्कली चन्द्रमाले प्रकृतिमा असर नगर्ने बताएका छन् । तर, चीनको सामाजिक सञ्जालमा यस चन्द्रमाको बारेमा चर्चा र चिन्ता बढ्दै गइरहेको छ । चन्द्रमाको कारणले राति बिउँझै बस्ने जीवजन्तुलाई असर गर्ने बताएका छन् ।

    केही मानिसले भने चीनमा प्रकास प्रदुषणको समस्यालाई तप वृद्धि गर्ने बताएका छन् । इन्टरनेशनल डार्क स्काई एशोसिएसन पब्लिक पोलिसीका निर्देशक जन बैरेनटीनले फोब्र्ससँग चन्द्रमाका कारण रातको समयमा प्रकाश बढ्ने बताएका छन् । डा. सिरिओटीले पनि बीबीसीसँग भनेका छन् ‘नक्कली चन्द्रमाको प्रकाश अत्याधिक भएमा यसको असर प्रकृतिमा पर्नेछ ।’

    केछ सेनाको हिरासतमा रहेकी आङ साङ सुकीको अवस्था, यस्तो छ उनको राजनीतिक यात्रा

    म्यानमारमा सोमबार ‘कू’ गर्दै सेनाले शासन आफ्नो हातमा लिएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई पनि सेनाले हिरासतमा लिएको छ । यससँगै अन्तर्राष्ट्रिय समुदायले म्यानमारको सेनाको विरोध गरिरहेका छन् ।

    यहाँ उनै प्रजातन्त्रवादी नेतृ सुकीको उतारचढावपूर्ण राजनीतिक यात्राबारे वर्णन गरिएको छ –

    आङ साङ सुकीको जन्म सन् १९४५ मा म्यानमारको याङ्गोनमा भएको हो । उनको जन्म भएको दुई वर्षपछि सन् १९४७ मा उनका पिताको हत्या भयो । उनी बि्रटिश बर्माका डिफ्याक्टो प्रधानमन्त्री थिए । सन् १९६० मा उनकी आमा खिन की भारतको लागि राजदूत नियुक्त भइन् । सुकीले माध्यमिक तहको पढाइ भारतमा गरिन् । त्यसपछि अक्सफोर्ड युनिभर्सिटीबाट उनले मनोविज्ञान, राजनीतिशास्त्र र अर्थशास्त्रको अध्ययन गरेकी थिइन् । सन् १९६७ मा उनले ब्याचलरको अध्ययन सकेकी थिइन् ।

    उक्त अवधिमा उनको भेट माइकल अरिससँग भयो । उनी भुटानी अध्ययनका विज्ञ थिए । सन् १९७२ मा उनीहरुको विवाह भयो । अहिले उनीहरुका दुई सन्तान छन् । सुकीको परिवारले सन् १९७० र ८० को दशक बेलायत, अमेरिका र भारतमा बिताएको थियो ।

    सन् १९८८ मा सुकी अन्तिम अवस्थामा पुगेकी आमाको हेरचाहको लागि म्यानमार फर्किएकी थिइन् । त्यसपछि उनको जीवनमा नाटकीय परिवर्तन आयो । सुकी म्यानमार फर्किँदा मुलुकमा तानाशाही सरकारविरुद्ध आन्दोलन भइरहेको थियो । सन् १९६२ मा ‘कू’ गरेपछि तानाशाह यू ने विनले सन् १९८८ मा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । तर, अझै पनि नरोकिएको आन्दोलन दबाउन उनले पर्दा पछाडि बसेर हिंसात्मक आक्रमणहरु गर्ने गरेका थिए ।

    म्यानमार फर्किएसँगै सुकीले तानाशाही सरकारविरुद्ध सार्वजनिकरुपमा नै आवाज उठाउन थालिन् । साथै उनले प्रजातन्त्र र मानव अधिकारका मुद्दा उठाउन थालिन् ।

    त्यसपछि सरकार चलाइरहेको मिलिट्री जन्ता (जसको नाम परिवर्तन गरी युनियन अफ म्यानमार बनाइएको थियो) को आँखामा पर्न उनलाई लामो समय लागेन । सुकीलाई घरमा नै नजरबन्दमा राखियो र उनको बाहिरी विश्वसँगको सम्पर्कमा पूर्णरुपमा प्रतिबन्ध लगाइयो ।

    सेनाले सुकीलाई मुलुक छाड्ने भए स्वतन्त्र गरिदिने बताउँदै आए पनि सुकीले मुलुक छाड्न अस्वीकार गर्दै आइन् । उनले राजनीतिक बन्दीलाई रिहा र नागरिकलाई सत्ता नसुम्पेसम्म संघर्ष गरिरहने बताइन् । सन् १९९० मा निर्वाचन भयो र उक्त निर्वाचनमा सुकीको पार्टीले ८० प्रतिशत मत ल्यायो । तर, सेनाले त्यसलाई बेवास्ता गर्यो ।

    सन् १९९५ मा सुकीलाई घरमा नै गरिएको नजरबन्द हटाइयो । त्यसको एक वर्षपछि उनी एनएलडी पार्टीको बैठकमा सहभागी बनिन् । त्यसको तीन वर्षपछि उनले मुलुक सञ्चालन गर्ने वैधानिक निकाय भन्दै एक समिति बनाइन् ।

    यससँगै सन् २००० मा उनी पुनः नजरबन्दमा परिन् । उनलाई सन् २००२ मा नजरबन्द मुक्त गरिएको थियो । सन् २००३ मा सरकारपक्ष र विरोधी पक्षबीच झडप भयो ।त्यसपछि उनी पुनः पक्राउ परिन् । उनीलाई घरमा नै नजरबन्दमा राखियो । त्यसपछि उनको नजरबन्द हरेक वर्ष नवीकरण गर्न थालिएको थियो ।

    सन् २०१० मा भएको निर्वाचनमा विपक्षी पार्टीले सुकीलाई निर्वाचनमा उठ्न लगाएको प्रतिबन्धपछि बहिष्कारको घोषणा गरेको थियो । त्यसैले सत्तारुढ पार्टीले उक्त निर्वाचनमा जित हात पार्यो । निर्वाचन सकिएको ६ दिनपछि सुकी नजरबन्दबाट रिहा भइन् ।

    सन् २०१३ मा सुकी पार्टीको नेतृ बनिन् । त्यसपछि सन् २०१५ मा म्यानमारमा अहिलेसम्मकै खुला मतदान भयो । जसमा सुकी पार्टीको नेतृत्वमा पुनः निर्वाचित भइन् । त्यसको एक साताभन्दा कम समयमा नै मुलुकमा भएको निर्वाचनमा उनको पार्टीले अत्यधिक बहुमतसहितको जित हात पार्‍यो ।

    सन् २०१६ मा लामो समयदेखि सुकीको सल्लाहकार रहँदै आएका एचटिन किय म्यानमारको नयाँ राष्ट्रपति बनेका थिए । राष्ट्रपति बन्न सुकीलाई संवैधानिक प्रतिबन्ध रहेकाले राष्ट्रपतिमा कियलाई छनोट गरिएको थियो । सुकीलाई स्टेट काउन्सुलरको जिम्मेवारी दिइएको थियो ।

    सन् २०१७ मा म्यानमारको रखाइनमा ठूलो हिंसा भड्किएको थियो । उक्त हिंसापछि सो क्षेत्रका ६ लाखभन्दा धेरै रोहिंग्या मुस्लिमहरु भागेर बंगलादेश पुगेका थिए । यो घटनापछि भने आङ साङ सुकीको छवि धुमिल हुन पुग्यो । उक्त हिंसामा सुकीले सेनाको साथ दिइन् । यो कदमको विश्वभर आलोचना भएको थियो । यो हिंसामा सेनाको साथ दिएपछि उनलाई दिइएको नोबेल शान्ति पुरस्कार पनि फिर्ता गरिएको थियो । उक्त हिंसाबारे उनले हेगमा स्पष्टीकरणसमेत दिनुपरेको थियो ।

    गत नोभेम्बरमा म्यानमारमा भएको निर्वाचनमा पनि सुकीकै पार्टीले अत्यधिक बहुमत पाएको थियो । तर, यो नतिजाबारे सेनाले भने आपत्ति जनाउँदै आएको थियो । सेनाले निर्वाचनमा धाँधली भएको भन्दै नतिजा स्वीकार गर्न मानेको थिएन । यस विषयमा वार्ता चलिरहेको भए पनि निष्कर्ष ननिक्लिएपछि सोमबारबाट नयाँ संसद्ले आफ्नो काम सुरु गर्ने दिन नै सेनाले ‘कू’ गरेको हो ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ