• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेता पुनको गिरफ्तारीबिरुद्ध आयोजित संघर्षका कार्यक्रम सफल, सुपवासीलाई धन्यवाद- नेकपा

    7.4K
    SHARES



    काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले आफ्ना केन्द्रिय सदस्य तथा सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनको गिरफ्तारीबिरुद्ध गरिएका संघर्षका कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको बताएको छ ।

    बिहिबार एक बिज्ञप्ति जारी गर्दै नेकपा सेती महाकाली ब्युरो कार्यालय सचिव छवीलालले संघर्षका कार्यक्रममा साथ दिने सबै सुदुरपश्चिमवासीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    ”कोरोना महामारीको कारण संघर्षका कार्यक्रमहरु स्थगित गरिएको बेला हाम्रो गौरवशाली पार्टी नेकपा का केन्द्रिय सदस्य तथा सेतीमहाकाली ब्युरो इन्चार्ज क.ओम प्रकाश पुन र महिला संगठनकी सेम ब्युरो संयोजक क.पुर्णिमा धामीलाई दलाल सत्ताका मतियारहरुले ०७७ असार ३१ गते कैलालीको फुलबारीबाट गिरफ्तार गरी षड्यन्त्रपुर्वक झुट्ठा मुद्दामा फसाउने योजनाका विरुद्ध तथा गिरफ्तार नेताकार्यकर्ताहरुको रिहाइका लागि हाम्रो पार्टी सेम ब्यूरो द्वारा साउन ०३ गते देखि साउन ०८ गतेसम्म घोषित संघर्षका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएका छ्न। जनदमनकारी र फासीवादी राज्य विरुद्धको प्रतिरोध संघर्षमा नैतिक र भौतिक समर्थन गर्नुहुने सेतिमहाकालीका सम्पुर्ण न्यायप्रेमी आमजनसमुदायमा हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ।” ब्युरो कार्यालय सचिव छवीलालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

    नेकपाले आगामी दिनहरूमा हुने जनसंघर्षहरुमा पनि सहयोगको अपेक्षा गरेको छ । साथै बिना कारण गिरफ्तार गरिएका आफ्ना नेता पुनसहित सबै आस्थाका बन्दिहरुलाई तत्काल रिहा गर्न पनि नेकपाले माग गरेको छ । न्यथा आगामी दिनहरुमा पार्टी निकै ठूलो प्रतिरोधमा उत्रिने चेतावनी समेत नेकपाले दिएको छ ।

    ”फेरि पनि दलाल केपी-बादल कम्पनीको कथित कम्युनिस्ट सरकारलाई हाम्रो पार्टीका ब्युरो इन्चार्ज क.ओम प्रकाश पुन लगायत सेतिमहाकालीका विभिन्न जिल्ला रहेका सम्पुर्ण राजबन्दीहरुको निर्सत र सम्मानजनक रिहाइका लागि आग्रह गर्दछौं। अन्यथा आगामी दिनहरुमा पार्टी निकै ठूलो प्रतिरोध गर्ने चेतावनी यसै प्रेस विज्ञप्तिमार्फत दिन चाहन्छौ।” बिज्ञप्तिमा भनिएको छ । नेता पुन र धामीला गत असार ३१ गते कैलालीको फुलबारीबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया