• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    बल्ल खुल्याे सुकेधारा बम विस्फोटमा गम्भीर घाइते भएकाहरुको पहिचान

    12.1K
    SHARES



    जन्मदेव जैसी, काठमाडौ । सुकेधारा बम विस्फोटको घटनाका गम्भीर एक जना घाइतेकाे पहिचान खुलेकाे छ । घाइते रामेछाप मन्थली नगरपालिका वडा नं. ४ निवासी रामकुमार श्रेष्ठको पहिचान खुलेको हो ।

    घटना भएकाे दिन सुकेधाराकाे छाेटे ठाकुरकाे सैलुनमा पुग्ने बित्तिकै कुकर बम बिस्फोट हुँदा गम्भीर घाइते भएका रामकुमारकाे ओम हस्पिटलकाे आइसीयुमा उपचार भईरहेकाे छ ।

    अरु २ जना सुरेन्द्र महर्जन र हरि खड्काकाे पनि ओम हस्पिटलमै उपचार भईरहेकाे छ । सुकेधाराकाे विस्फाेटमा दाङका गाेकुल रानामगर, कालिकाेटका दिपेन्द्र विक र बाग्लुङका कृष्ण भण्डारीकाे मृत्यु भएकाे थियाे ।

    शुरुमा नाम र पहिचान नखुले पनि तत्काल उपचार गरिहाल्नु पर्ने भएकाले xyz नाम दिएर उपचार थालिएकाे थियाे । x नाम दिएका पहिचान नखुलेका यिनै रामेछापका रामाुमार हुन् भने Y र Z नाम दिइएका क्रमश सुरेन्द्र महर्जन र हरि खड्का पजि ओम हस्पिटलमा उपचार गराइरहेका छन् ।

    विद्यार्थी रामकुमारकाे उपचारमा संलग्न डाक्टरका अनुसार उनी खत्तरा मुक्त छन् । बमकाे छर्राले टाउकाे, छात्ती र खुट्टामा गम्भीर चाेट लागेको छ । १२ गतेदेखि नै रामकुमार सम्पर्कमा नआएपछि उनका आफन्त हस्पिटल श्राेतकाे सुचनाका आधारमा ओम हस्पिटल पुगेका थिए ।

    रामकुमारसहित सुरेन्द्र र हरिकाे ओम हस्पिटलले अहिलेसम्म निशुल्क उपचार गरिरहेकाे छ ।”भव्यतव्य घटनामा अरु केही नभनि खुरुखुरु उपचार गरियाे, अब आफन्तहरु पनि आए, पहिचान पनि खुल्याे, अब सहज हाेला” ओम हस्पिटलका डाइरेक्टर बाबुकाजी कार्कीले भने ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ