• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

    179
    SHARES



    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदैछन्।

    आज दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत उनी दुई दिने भ्रमणका लागि भर जान लागेका हुन् । दिउँसो ३:४५ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्।

    होटल ताज मानसिंहमा बस्ने प्रधानमन्त्री शाहले आज साँझ भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै नेपाल-भारत व्यवसायीहरूको अन्तरक्रियामा सहभागी हुनेछन्। भोलि सोमबार उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र समकक्षी नरेन्द्र मोदीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ।

    भ्रमणका क्रममा आर्थिक सहकार्य, विकास आयोजना र हवाई सम्पर्क विस्तारलाई मुख्य प्राथमिकतामा राखिएको छ। विशेषगरी नेपालले भैरहवा, महेन्द्रनगर र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गरिरहेको छ, जसमा कम्तीमा एउटा रुट पाउने सकारात्मक संकेत देखिएको छ।

    यसका साथै भ्रमणका क्रममा अयोध्या–जनकपुर सिधा रेलमार्ग, पनौतीस्थित नेपाल प्रहरी एकेडेमी, भैरहवाको एकीकृत जाँच चौकी (आईसीपी) लगायतका परियोजनाको उद्घाटन तथा अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइनको शिलान्यास र सूचना प्रविधि तथा बन्दरगाहसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ। उच्चस्तरीय भेटघाट सकेर प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किनेछन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ