• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    भारतीय विदेश सचिव मिश्रीले कांग्रेस सभापति गगन थापालाई भेटे

    294
    SHARES



    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग भेटवार्ता गरेका छन्।

    स्रोतका अनुसार मिश्रीले बिहीबार दिउँसो काठमाडौंस्थित एक होटलमा कांग्रेस सभापति थापासँग भेट गरेका हुन्।

    भेटवार्तामा छलफल भएका विषयवस्तु भने सार्वजनिक गरिएको छैन।

    नेपाल भ्रमणका क्रममा मिश्रीले बिहीबार नै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए।

    बुधबार नेपाल आएका भारतीय विदेश सचिव मिश्रीले विभिन्न राजनीतिक भेटघाट सम्पन्न गरी आफ्नो भ्रमण टुंग्याएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ