• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    न्यायपालिकाको संस्थागत विश्वसनीयता र जनआस्था घट्दै गयो : सर्वोच्च अदालत बार

    134
    SHARES



    काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकाप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ।

    बारका सचिव रमणकुमार कर्णले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा संवैधानिक इजलास गठनमा देखिएको विवाद, न्यायिक काममा बाह्य प्रभाव र न्याय सम्पादनमा बिचौलियाको सक्रियताले न्यायपालिकाको संस्थागत विश्वसनीयता र जनआस्थामा ह्रास आएको उल्लेख छ।

    विज्ञप्तिमा सर्वोच्च अदालत तथा मातहतका अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश पदपूर्ति हुन नसकेको र संवैधानिक इजलास नियमित सञ्चालन हुन नसकेकोप्रति पनि असन्तुष्टि जनाइएको छ।

    बारले संवैधानिक इजलासमा गोला प्रणालीबाट चार जना न्यायाधीश छनोट गरी प्रधानन्यायाधीशसहितको इजलास गठन गर्न माग गरेको छ। साथै पछिल्लो समय प्रधानन्यायाधीश र न्यायाधीशबारे सार्वजनिक भएका समाचार तथा अभिव्यक्तिका विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

    न्यायपालिकाभित्र असक्षमता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन तथा न्यायाधीशहरूको सम्बन्ध, सम्पर्क, संवाद र भेटघाटमा आचारसंहिता अनिवार्य पालना गर्न पनि बारले आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ