काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो ।
लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना बिहानमात्रै सकिएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए ।
उनका अनुसार, सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन् । जसमा कुल ५४ मत बदर भएको थियो ।
७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । बाँकी सबै पदाधिकारीको मतगणना आज दिउसो १ बजेपछि सुरु हुने भएको छ ।
दिउसो १ बजे पार्टी कार्यालय सानेपामा उम्मेदवारहरूसँग बैठक हुने र तत्पश्चात् मतगणना सुरु गरिने निर्वाचन समिति सचिव राजु कटवालले जानकारी दिए ।
प्रतिक्रिया