• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रतिनिधिसभा ६ दिनका लागि स्थगित

    472
    SHARES



    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी ६ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि सदनको आगामी बैठक भदौ २४ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

    बिहीबार सिंहदरबारस्थित भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्‍याएको क्षति, उद्धारमा भएको ढिलासुस्ती, सुरुङमा फसेका श्रमिकहरूको अवस्था र ग्रिन आर्मीको वैधानिकता लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

    सभामुख अर्यालले प्रतिनिधि सभाको अर्को बैठक आगामी भदौ २४ गते दिउँसो १ बजे बस्ने जानकारी गराए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ