• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित, उपसभापति वाग्ले भारत जाँदै

    335
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ ।

    उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो । अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिएको थियो ।

    तर सेप्टेम्बर दोस्रो साता पनि सभापति लामिछानेको भ्रमण नहुने भएको छ । स्रोतका अनुसार अब सांसदहरुको टोली मात्र चीन जाने भएको छ । भारत भ्रमणपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने तय भएको थियो ।

    सरकारी स्रोतका अनुसार लामिछानेले अर्को उपयुक्त मितिमा चीन भ्रमण गर्नेछन् । तर त्यसको मिति हाल तय छैन । रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिटै भारत जानेछन् । उच्च तहमा उनको भेटवार्ता हुने भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ