• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    देउवाको चेतावनी : राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ ? समयले आफै उत्तर दिनेछ

    272
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले नसकेको टिप्पणी गर्दै अरूले नसक्ने दाबी गरेका छन् ।

    बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापन इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टी नेताकार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

    देउवाले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरेका छन्। देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताए ।

    आफूविरुद्ध भएका विभिन्न उजुरी र छानबिनको प्रसङ्ग उल्लेख गर्दै देउवाले अदालत जान आफू नडराउने बताए । ‘अदालतसम्म गाको छ, १० पटकसम्म आउनु भन्छ । १० पटक आयो, केही छैन भन्छ । ११ पटक आयो, २० पटक आयो, केही छैन। किनभने अहिलेसम्म ५० वर्ष काम गर्‍या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन।’

    मन्तव्यका क्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसङ्ग निकाले । ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ उनले लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दाबी गरे । देउवाले यो देशको अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया