• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    राज्य सञ्चालनको ढंग सुधार्नुपर्छ, कालो चस्मा हटाउनुपर्छ – रास्वपा सांसद मनिष झा

    507
    SHARES



    काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राज्य सञ्चालनको ढंग सुधार्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोलेका उनले राज्य सञ्चालनमा कताकता ढंग नपुगेको हो कि भन्ने आफूलाई लागेको बताए।

    अहिले रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वमा रास्वपाको एकल संघीय सरकार छ। ‘राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास मूल मन्त्र राखेर राज्य सञ्चालन र सबै पद्दतीलाई केन्द्रित गर्‍यो भने केही हासिल गर्न सक्छौं,’ उनले भने, ‘राज्य सञ्चालनमा कताकता ढंग नपुगेको हो कि भन्ने लाग्छ, त्यो स्वीकार्नुपर्छ। राज्य सञ्चालनको ढंग सुधार्नुपर्छ।’

    उनले गाडीमा रहेका सिसाका कालो हटाइएको उल्लेख गर्दै भने, ‘अब सम्भवत: कालो चस्मा पनि हटाउनुपर्छ, त्यो पनि आवश्यक छ।’ प्रधानमन्त्री शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल लगायतले कालो चस्मा लगाएर संसदमा आउने गरेका छन्।

    उनले सीमा क्षेत्रमा केही सामान ल्याउनेमाथि पनि भन्सार लिने गरिएको तर विमानस्थल प्रयोग गर्नेहरूले महँगा सामान ल्याइरहेको पनि उल्लेख गरेका थिए। यस्तो असमान व्यवस्था हटाउन उनले आग्रह गरेका थिए।

    सभामुख डिपी अर्यालले पनि सांसदहरूलाई संसदमा आउँदा कालो चस्मा लगाउन नहुने कुराको हालै जानकारी गराएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया