• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत

    340
    SHARES



    काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको छ।

    अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेसी नायक बने। उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र टोलीलाई सहज जित दिलाए। सुरुआती चरणमा अफसाइडका कारण उनको एक गोल खारेज भएको थियो। त्यसपछि भने उनले लगातार तीन गोल गर्दै खेलमा आफ्नो प्रभावशाली उपस्थिति जनाए।

    अल्जेरियाले पहिलो हाफ तथा दोस्रो हाफको सुरुआती समयमा केही आक्रमणात्मक प्रयास गरे पनि अर्जेन्टिनाको बलियो रक्षापंक्ति भेदन गर्न सकेन। अल्जेरियाको एक प्रारम्भिक गोल पनि भिएआर (VAR) परीक्षणपछि अफसाइड ठहर गर्दै रद्द गरिएको थियो, जसले खेलको दिशा नै परिवर्तन गरिदियो।

    मेसीको उत्कृष्ट प्रदर्शनसँगै उपाधिको प्रमुख दाबेदार मानिएको अर्जेन्टिनाले प्रतियोगितामा आफ्नो बलियो दाबी प्रस्तुत गरेको छ।

    ह्याट्रिकसँगै मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बराबरी गरेका छन्। विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्‍याउँदै उनले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेका हुन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ