• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कृषि विजनेश

    आजको बजार भाउः तरकारीदेखि फलफूलसम्म कति बढ्यो मूल्य ?

    258
    SHARES



    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ।

    समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँमा कारोबार भइरहेको छ भने सानो गोलभेँडा (लोकल र भारतीय) ४४ रुपैयाँ र तराईको सानो गोलभेँडा ४८ रुपैयाँ तोकिएको छ। आलु रातो (नेपाली र भारतीय) प्रतिकिलो २४ रुपैयाँ तथा प्याज सुकेको (भारतीय) ३७ रुपैयाँ कायम गरिएको छ।

    हरियो तरकारीतर्फ गाजर (लोकल) ५० र (तराई) ३५ रुपैयाँ, बन्दा ६०, काउली ५५ र ज्यापु काउली ७० रुपैयाँ रहेको छ। त्यस्तै मूला, भन्टा, बोडी, मटरकोसा, घिउ सिमी, करेला, लौका लगायतका तरकारीको मूल्य २० रुपैयाँदेखि २२० रुपैयाँसम्म तोकिएको छ।

    सागसब्जीतर्फ रायो, पालुङ्गो, तोरी, मेथी, धनियाँ लगायतका सागको मूल्य ४० देखि १२० रुपैयाँसम्म रहेको छ भने च्याउको मूल्य प्रकारअनुसार १८० रुपैयाँदेखि १,००० रुपैयाँसम्म निर्धारण गरिएको छ।

    फलफूलतर्फ स्याउ (फुजी) ३२० रुपैयाँ, कागती ३२० रुपैयाँ, अनार ३८० रुपैयाँ, अङ्गुर २३०–३५० रुपैयाँ र सुन्तला १६० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तरबुजा ४५ रुपैयाँ, मेवा ७०–९० रुपैयाँ, किबी ४०० रुपैयाँ र एभोकाडो ८०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

    मसला तथा अन्य वस्तुहरूमा अदुवा १०० रुपैयाँ, हरियो खुर्सानी ७०–९० रुपैयाँ, अकबरे खुर्सानी ३८० रुपैयाँ, लसुन १४०–२२० रुपैयाँ र धनियाँ १०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

    यसैगरी, ताजा माछातर्फ रहु ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ र छडी ३०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ