• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    रोहित पौडेलले तोडे पूर्व कप्तान पारस खड्काको रेकर्ड

    1.6K
    SHARES



    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका छन् ।

    रोहितले आईसीसी पुरुष टी–२० विश्वकपको इतिहासमा नेपालको तर्फबाट कप्तानका रूपमा सर्वाधिक खेल खेल्ने रेकर्ड आफ्नो नाममा लेखाएका हुन्।

    यसअघि यो कीर्तिमान नेपालका सफल पूर्व कप्तान पारस खड्काको नाममा रहेको थियो। सन् २०१४ मा बङ्गलादेशमा सम्पन्न टी–२० विश्वकपमा पारसको कप्तानीमा नेपालले कुल ३ खेल हङकङ, बङ्गलादेश र अफगानिस्तान विरुद्ध खेलेको थियो।

    अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकप २०२४ मा नेपालको नेतृत्व सम्हालेका रोहित पौडेलले समूह चरणका चार वटै खेलमा कप्तानी गरेसँगै यो नयाँ कीर्तिमान कायम भएको हो।

    उनले नेदरल्यान्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा टोलीको नेतृत्व गरेपछि विश्वकपमा उनको कप्तानी खेल सङ्ख्या ४ पुगेको छ।

    यससँगै रोहित पौडेल टी–२० विश्वकपमा नेपालको तर्फबाट सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने खेलाडी बनेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ