• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कृषि विजनेश

    यस्तो छ आजको तरकारी–फलफूलको थोक मूल्य, कुन वस्तुको कति ?

    340
    SHARES



    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।

    समितिका अनुसार आज गोलभेँडाको मूल्यमा भिन्नता देखिएको छ। गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ११० रुपैयाँ कायम भएको छ भने सानो गोलभेँडा (लोकल) ७०, सानो (टनेल) १०५ र सानो (भारतीय तथा तराई) ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

    आलु रातो ४८, आलु रातो (भारतीय) ३२, आलु सेतो ३० र सुकेको प्याज (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ तोकिएको छ। तरकारीतर्फ गाजर (लोकल तथा तराई) ८०, बन्दा (लोकल) ६०, बन्दा (तराई) ५०, काउली स्थानीय ६५, काउली (ज्यापु) ९०, काउली तराई ६०, रातो मूला ४५ र सेतो मूला (लोकल) २५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

    यसैगरी भन्टा लाम्चो ८०, भन्टा डल्लो ९०, मकै बोडी ८०, मटरकोसा १४०, घिउ सिमी (लोकल) १००, घिउ सिमी (हाइब्रिड) ९०, टाटे सिमी १२० र तिते करेला १४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

    सागसब्जीमा रायो साग ४०, तोरीको साग ५०, पालुङ्गो साग १३०, मेथीको साग १३०, हरियो प्याज ६० र चमसुर साग १३० रुपैयाँ प्रतिकिलो कायम छ।

    फलफूलतर्फ स्याउ (झोले) २५०, स्याउ (फुजी) ३००, केरा (दर्जन) २००, कागती ११०, अनार ४००, सुन्तला (नेपाली) १२०, तरबुजा १००, जुनार १४० र भुइँकटहर प्रतिगोटा १५५ रुपैयाँ तोकिएको छ।

    त्यस्तै नास्पाती (चाइनिज) २३०, मेवा (नेपाली) ७०, अम्बा १२०, स्ट्रबेरी ५००, किबी ३०० र आभोकाडो ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

    मसला तथा अन्य कृषिउपजमा अदुवा ९०, अमला ८०, हरियो खुर्सानी १००, अकबरे खुर्सानी २५०, लसुन सुकेको (चाइनिज) २८० र लसुन सुकेको (नेपाली) २०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ