• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    कर्णालीले लुम्बिनीलाई ९ विकेटले हरायो, मार्क वाटको सानदार शतक

    570
    SHARES



    काठमाडौं । मार्क वाटले विष्फोटक ब्याटिङ गर्दै शतक बनाएपछि कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ ।

    लुम्बिनी लायन्सले दिएको १५७ रनको कर्णालीले १२.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

    कर्णालीका लागि ओपनर मार्क वाटले अविजित रहँदै ११४ रन बनाए । ४४ बल खेलेका उनले ६ चाैका र १२ छक्का प्रहार गरे । उनले बाउण्ड्रीबाटै ९६ रन जोडेका थिए । यस्तै विलियम बोसिस्टोले २० बलमा अविजित २९ रन बनाए ।

    ओपनिङमा प्रमोट भएका मार्क वाटले पहिलो विकेटका लागि प्रियांक पान्चलसँग ३.५ ओभरमा ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

    पहिलो खेलमा ९० रन बनाएका पान्चल आज १२ रन बनाएर आउट भए । लुम्बिनीका शेर मल्लले जेजे स्मिथबाट पान्चललाई क्याचआउट गराए । त्यसपछि वान डाउनमा आएका विलियम बोसिस्टोसँग मार्क वाटले अर्को राम्रो साझेदारी गरे ।

    वाटले लुम्बिनीविरुद्ध विष्फोटक ब्याटिङ गर्दै लुम्बिनीका बलरहरुमाथि हावी बने । दोस्रो विकेटका लागि वाट र बोसिस्टोले शतकिय साझेदारी गरे । बलिङमा लुम्बिनीका शेर मल्लले मात्र १ विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

    ४९ रनमा रहेका बेला रोहितलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका थिए । रोहितले ४३ बल खेल्दै ४ चाैका र २ छक्का प्रहार गर्दै ४९ रन जोडे ।

    रुबेन ट्रम्पलम्यानले लेट केमियो खेल्दै १३ बलमा अविजित २८ रन योगदान गरे । उनले १ चाैका र ३ छक्का प्रहार गरे । यस्तै जेजे स्मिथले १४ बलमा २ चाैका र १ छक्का मदतमा २३ तथा डार्शी सटले १९ रन जोडे । अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन ।

    पहिलो १० ओभरमा कर्णालीका लागि नन्दन यादवले २ तथा सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले १-१ विकेट लिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ