• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कृषि विजनेश

    यस्तो छ आजका लागि तरकारी–फलफूलको थोक मूल्य

    353
    SHARES



    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजका थोक मूल्य निर्धारण गरेको छ। विभिन्न तरकारी, सागसब्जी, फलफूल, मसला तथा दाल–अनाजलगायत दर्जनौँ वस्तुका मूल्य समितिले सार्वजनिक गरेको हो।

    तरकारी र बन्दा वर्ग

    गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ९५, गोलभेँडा सानो (टनेल) १२५, गोलभेँडा (भारतीय) १०५, गोलभेँडा (तराई) ११८, आलु रातो ६०, आलु रातो (भारतीय) ४८, आलु सेतो ४५ र प्याज (भारतीय) ३५ रुपैयाँ तोकिएको छ।

    यस्तै गाजर (लोकल) १५०, गाजर (तराई) १२०, बन्दा (लोकल) ७०, बन्दा (तराई) ६०, काउली ८०, रातो मूला ५०, सेतो मूला (लोकल) ४०, (हाइब्रिड) ६०, भन्टा लाम्चो ८०, भन्टा डल्लो ८५, तने बोडी १९० र मकै बोडी ९० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

    सिमी तथा करेला वर्ग

    मटरकोसा १५०, घिउ सिमी (लोकल) १८०, (हाइब्रिड) १८०, (राजमा) १४०, टाटे सिमी १६०, तिते करेला १८०, लौका १००, परवर (लोकल/तराई) ११०, घिरौला १30 र फर्सी पाकेको ६० रुपैयाँ कायम भएको छ। हरियो फर्सी लाम्चो ९०, डल्लो ८०, सलगम ११०, भिन्डी १५०, सखरखण्ड ८०, बरेला ६५, पिँडालु १०० र स्कुस ३० रुपैयाँ तोकिएको छ।

    सागसब्जी

    रायोसाग १००, पालुंगो २२०, चमसुर १६०, तोरीको साग ९०, मेथीको साग २००, हरियो प्याज १००, बकुला १६०, तरुल ८०, च्याउ (कन्य) २६०, च्याउ (डल्ले) ४०० र कुरिलो १२०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

    ब्रोकाउली १६०, चुकुन्दर १००, रातो बन्दा १५०, जिरी साग ५००, सेलरी १५०, पार्सले ५००, सौफको साग १८०, पुदिना ५५०, गान्टेमुला १००, इमली १८०, तामा १३०, तोफु १५० र गुन्द्रुक ३५० रुपैयाँ कायम गरिएको छ।

    फलफूल

    स्याउ (झोले) २५०, स्याउ (फुजी) ३२०, केरा (दर्जन) १४०, कागती १२०, अनार ४००, सुन्तला (नेपाली) १२०, तरबुजा ८०, जुनार २६०, भुईँकटहर १७०, काँक्रो (लोकल) ११०, (हाइब्रिड) ७०, नास्पाती (चाइनिज) २२०, मेवा (नेपाली) ७०, मेवा (भारतीय) १२०, अम्बा १००, लप्सी ८०, स्ट्रबेरी/भुइँऐसुलु ६५०, सरिफा १९० र आभोकाडो ३०० रुपैयाँ तोकिएको छ।

    खुर्सानी, मसला र हरियो भाजी

    अमला ८०, अदुवा ९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १२०–१५० (प्रकारअनुसार), भेडे खुर्सानी १८०, हरियो लसुन २००, धनियाँ ५००, लसुन (चाइनिज) २०० र लसुन (नेपाली) १६० रुपैयाँ तोकिएको छ।

    छ्यापी सुकेको २००, छ्यापी हरियो २००, माछा सुकेको १०००, ताजा माछा (रहु) ३४०, (बचुवा) २८०, (छडी) २५०, रूख टमाटर ११०, राजा च्याउ ३००, सिताके च्याउ १००० र काँक्रो (लोकल क्रस) ९० रुपैयाँमा कारोबार भएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ