• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    मनोरञ्जन

    मिसेस नेपाल वर्ल्ड: फर्स्ट रनर–अपका साथै भ्युवर्स र फेसबुक च्वाइस बनिन् विद्या चौहान

    687
    SHARES



    काठमाडौँ । मिसेस नेपाल वर्ल्ड २०२५ को भव्य फिनालेले नयाँ सौन्दर्य र प्रतिभाका बहुआयामिक आयामहरुलाई उजागर गर्दै सम्पन्न भएको छ।

    प्रतियोगितामा विद्या चौहान फर्स्ट रनर–अप उपाधि हात पार्न सफल भएकी छन्। केवल त्यही होइन, उनले यस वर्षका सबैभन्दा लोकप्रिय उपाधिहरू भ्युवर्स च्वाइस र फेसबुक च्वाइस पनि जितेकी छन्।

    रामेछापको विकट फूलासी गाउँमा जन्मिएकी सुदूरपश्चिमकी बुहारीका रूपमा परिचित चौहानले स्टेजमा प्रस्तुत गरेको आत्मविश्वास, व्यक्तित्व र सामाजिक दृष्टिकोणको गहिरो समझले निर्णायक तथा दर्शक दुवैलाई प्रभावित पारेको थियो।

    नर्सिङ पृष्ठभूमिबाट आएकी भए पनि उनी पछिल्ला वर्षहरूमा परिवारको व्यवसाय सञ्चालन र महिलाहरूको आर्थिक सबलीकरण अभियानमा सक्रिय रूपमा जुट्दै आएकी छन्।

    फिनालेमा सामाजिक नेतृत्व, व्यक्तिगत पहुँच, सांस्कृतिक प्रस्तुति र सार्वजनिक बोल्ने क्षमताका आधारमा प्रतिस्पर्धीहरूलाई मूल्यांकन गरिएको थियो।

    त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा हजारौँ लाइक, सेयर र समर्थन प्राप्त गरेकी चौहान भ्युवर्स र फेसबुक च्वाइस समेत बनिन् । मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ