• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    टी–२० को लयलाई लिग–२ मा पनि निरन्तरता दिने नेपालको लक्ष्य

    799
    SHARES



    काठमाडौं । टी–२० विश्वकपमा लगातार दोस्रोपटक छनोट भएर उत्साहित नेपाली क्रिकेट टोली अब आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र अमेरिकाविरुद्धको ओडिआई शृंखला खेल्न यूएई पुगेको छ।

    यो शृंखला २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म हुनेछ। नेपालले पहिलो खेल अमेरिकासँग, दोस्रो र चौथो खेल यूएईसँग, र तेस्रो खेल फेरि अमेरिकासँग खेल्नेछ। टी–२० छनोटमा खेलेका अधिकांश खेलाडी नै यस पटकको ओडिआई टोलीमा रहेका छन्। मोहम्मद आदिल आलम, सन्दीप जोरा र लोकेश बम बाहिरिँदा अनिल साह, भीम सार्की र शाहब आलम भित्रिएका छन्।

    गत असारमा स्कटल्याण्डमा उत्कृष्ट प्रदर्शन गरेर आत्मविश्वास बढाएको नेपालले हाल लिग–२ मा १६ खेलबाट १२ अंक जोड्दै सातौँ स्थानमा छ। चारै खेल जितेमा नेपाल २० अंकसहित छैटौं स्थानमा उक्लन सक्नेछ। पछिल्ला चार महिनादेखि ५० ओभरको खेल नखेलेको नेपालका लागि फर्म्याटमै फर्किनु मुख्य चुनौती हुनेछ। तर हालको लय र आत्मविश्वासका कारण टोलीले सकारात्मक नतिजाको अपेक्षा गरेको छ।

    नेपालको टोली: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा र शाहब आलम।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ