• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी, आइतबार सुनुवाइ हुने

    261
    SHARES



    संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बिहीबार बसेको बैठक । बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा परेका उजुरीहरु खोल्ने र समितिका माननीय सदस्यहरुलाई कार्ययोजना वितरण गर्नेबारे छलफल भएको थियो । तस्बिरः प्रदीपराज वन्त/रासस

    काठमाडौं । संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेका छन् ।

    सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी खोलिएको थियो । जसमध्ये तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेको समिति सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिइन् ।

    त्यस्तै समितिको कार्यक्षेत्रभित्र नपर्ने अन्य दुई वटा उजुरी समेत प्राप्त भएको उनले बताइन् । उजुरीका विषयमा छलफल गर्न शुक्रबार बस्ने समिति बैठकमा उजुरीकर्तालाई बोलाइएको सभापति न्यौपानेले जानकारी दिइन् ।

    उजुरीकर्तासँग छलफल गरेपछि असार १५ गते प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ गर्ने समिति सचिवालयको कार्यतालिका पारित गरिएको सभापति न्यौपानेले जानकारी दिइन् ।

    यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल,उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

    त्यस्तै न्याय परिषद् सदस्यमा सिफारिस महेश कुमार नेपालको संसदीय सुनुवाइ पनि सँगसँगै अघि बढ्ने समितिले जनाएको छ । नेपालविरुद्ध कुनै पनि उजुरी नपरेको सभापति न्यौपानेले बताइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ