• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सेफ्टी ट्याङ्कीमा डुबेर रौतहटमा २ बालबालिकाको मृत्यु

    222
    SHARES



    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सेफ्टी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ।

    चन्द्रपुर-१० स्थित बिनुवा टोलका हृदय पासवानको घरको शोचालयको सेप्टी ट्याङ्कीमा डुबेर सोही ठाउँ बस्ने जगदीश साहको १ वर्षीया छोरी खुश्बु साह र गम्भीरा साहको १ वर्षीय छोरा रञ्जे साहको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।

    गएराति पौने ८ बजेको समयमा ती बालबालिका एकाएक प्लाइले ढाकिएको सेप्टी ट्याङ्कीमा डुबेका थिए ।

    बालबालिकाको उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर लगिएपनि चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको गरेको प्रवक्ता रायले जानकारी दिए ।

    घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट टोली गएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। हाल दुवैजना बालबालिकाको शव पोस्टमार्टमका लागि सोही स्वास्थ्य केन्द्रमा राखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ