• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नाउपाका मन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्रीले दिए निर्देशन

    1.9K
    SHARES



    कैलाली । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा दिन निर्देशन दिएका छन्।

    कृषकहरूलाई पावर टिलर (जमिन जोत्ने हाते ट्याक्टर) अनुदानमा दिने विषयमा लेनदेन गरेको आरोप लागेपछि उनलाई हटाउन निर्देशन दिएको सुनिएको नाउपाकै एक सांसदले बताए।

    ‘राजीनामा दिन निर्देशन आएको भनेको सुनेका छौं। पार्टीमा छलफलचाहिँ भएको छैन। उहाँ परामर्श गर्दै हुनुहोला। विवादमा आएपछि आफै राजीनामा दिनु उपयुक्त हो। भोलि सफाइ पाए राजनीतिक जीवन सुरक्षित भइहाल्छ। बर्खास्त गर्दा त्यति राम्रो सन्देश जाँदैन,’ उनले भने।

    उनले कृषकहरूलाई अनुदानमा दिने पावर टिलरमा लेनदेन भएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरिरहेको र मन्त्रीको नामसमेत मुछिएको जानकारी आएको बताए।

    पावर टिलर वितरण प्रकरणमा कैलालीकै सुशीला खड्कासहित केही प्रहरीको नियन्त्रणमा छन्। उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

    रामेश्वर चौधरी गत जेठ ४ गते मात्रै मन्त्री नियुक्त भएका थिए। मन्त्री भएको एक महिना नपुग्दै उनी पद गुमाउने अवस्थामा पुगेका छन्। यसअघि सोही मन्त्रालयमा मन्त्री नियुक्त भएका नाउपाकै सांसद लक्ष्मणकिशोर चौधरीले पनि लेनदने विवादमै मुछिएपछि राजीनामा दिएका थिए। उनीमाथि वनसम्बन्धी कार्यविधि बनाउँदा लेनदेन गरेको आरोप थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ